२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा जारी एसियन कप फुटबलमा चीन र ताजकिस्तानले अंक बाडे

दोहा-कतारमा जारी एफसी एसियन कप फुटबलमा आज भएको दोस्रो खेलमा चीन ताजकिस्तानसंग बराबरीमा रोकिएको छ ।

आज भएको दोस्रो खेलमा चीन ताजकिस्तानसंग गोलरहित बराबरीमा रोकिएको हो ।

अब्दुल्ला बिन खलिफा रंगशालामा भएको खेल बराबरीमा सकिएसंगै दुबै टोलीले एक–एक अंक बाँधेका छन् ।यो संगै समूह ‘ए’ मा चीन दोस्रो स्थानमा रहँदा ताजकिस्तान तेस्रोमा रहेको छ ।

यस्तै आज भएको दोस्रो खेलमा अष्ट्रेलियाले भारतलाई हराएको छ । अष्ट्रेलियाले भारतलाई २–० गोलले हराएको हो।

आजै ८:३० बजे समूह ‘बि’ मा रहेका सिरिया र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।खेल जसिम बिन अहमद रंगशालामा हुनेछ।

एसियन कपको १८ औँ संस्करण आयोजना गरेको हो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ

प्रकाशित मिति : २०८० पुष २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस