२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एएफसी एसियन कपको उपाधिका लागि कतार र जोर्डन भिडने

दोहा-कतारमा जारी एएफसी एसियन कप फुटबलमा कतार फाइनलमा प्रवेश गरेको छ ।

बुधबार इरानलाई ३–२ गोल अन्तरले हराउँदै कतार प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ । दक्षिण कोरियालाई हराउँदै जोर्डनले फाइनल स्थान सुरक्षित गरिसकेको छ ।

इरानले चौथों मिनेटमा सरदार अजमेनको गोलमा लिएको थियो । जस्सेम गबर अब्दुलसल्लमले १७ औं मिनेटमा कतारका लागि बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेटअघि अकरम अफिफले कतारलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा अलिरेजा जहानबख्शको गोलमा इरानले खेल बराबरीमा ल्याएको थियो । तर खेल सकिन ८ मिनेट अघि अलमोएज अलीले गोल गर्दै कतारलाई जिततर्फ डोर्याएका थिए ।कतारले अब उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस