२०८२ पुष २ गते बुधवार | 2025 December 17th Wednesday

ल्होछार कन्सर्ट २०२४’ का लागि गायक राजेश पायल राई कतारमा

दोहा-ल्होछार कन्सर्ट २०२४’ मा आफ्नो सांगीतिक प्रस्तुति दिन लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्।।

नेपाल तामाङ घेदुङ कतार शाखाले आयोजना गरेको “मन्जु श्री २८६० (डुक ल्हो / मु पुखी वर्ष ) ल्होछार कन्सर्टका २०२४ का लागी गायक राई कतार आएका हुन ।

गायक राईलाई नेपाल तामाङ घेदुङ समितिका अध्यक्ष लगायत अन्य पदाधिकारीहरुले हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका थिए।

ल्होछार कन्सर्ट २०२४ मा आफ्नो सांगीतिक प्रस्तुति दिन गायक उमंग लामा र गायिका रेश्म बम्जन बुधबार नै कतार आइसकेका छन्।

त्यस्तै नेपालबाट म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ बिहीबार बेलुका दोहा आईपुग्ने आयोजले जनाएको छ।

१६ फेब्रुअरी दोहाको अल अरबी स्पोर्ट्स क्लबमा हुने कार्यक्रमको लागि ५०, ७५, १०० र ५०० कतारी रियल गरि ४ तहका टिकट शुल्क निर्धारण गरिएको छ।बिहान ११ बजे गेट खुल्ने र साढे १२ बजेदेखि चाहि कार्यक्रम सुरु हुने बताएको छ।

टिकट पाउन सहज होस भन्ने उदेश्यले आयोजकले अनलाईन टिकट http://www.q-tickets.com बाट सजिलै संग लिन सकिने छ ।

टिकट होल्डरहरुका लागि कतारका विभिन्न स्थानबाट यातयातको समेत व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।

https://fnjqatarnews.com/2024/02/15/4769      कार्यक्रमको सञ्चार सहयोगीको रूपमा रहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस