२०८२ बैशाख २४ गते बुधवार | 2025 May 7th Wednesday

कतार अडिसनको तयारी तीब्र: दोहामा कोच सहितको टिम

दोहा : सर्वाधिक धनराशि १–१ करोड रुपैयाँ पुरस्कार भएको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन–२ को अडिसनको लागि, कोच सहितको टिम दोहा आइपुगेका छ्न ।

दोहा आउनेमा अडिसनका लागि निर्णायक भूमिकामा रहेका चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक शङ्कर वि.सी सहित इन्ट्रा–नेशनलका बोर्ड मेम्बरहरु रोशन बिष्ट,लाल बहादुर तिबारी,सोनु तामाङ,अथिराज सिवाकोटी रहेका छ्न ।

अडिसनका लागि निर्णायक भूमिकामा रहेका गायक डम्बर नेपाली भने बुधबार मात्रै कतार आइपुग्नेछ्न ।

अडिसनको लागि कतार आइपुगेको टिमलाई कार्यक्रम संयोजक शिवराम ढकाल, एनसीसी कतार सचिव रोशन अर्याल, लोकदोहोरी प्रस्तिष्ठान कतार उपाध्यक्ष कृष्ण ढकाल, नमस्ते रेस्टुरेन्टका संचालक श्याम पान्डे लगायतको उपस्थिति रहेको थियो ।

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको उक्त शो को दोस्रो संस्करणको अडिसन यही फेब्रुअरी २१ तारिक दोहाको अबुहामुरमा अवस्थित आइडीयल इन्डियन स्कुलको सभा हलमा बिहान ११ बजेबाट सुचारु हुने छ ।

अमेरिकाबाट सुरु भएको रियालिटी शो को अडिसन हाल कतारमा गर्न लागिएको फाउन्डेसनले जनाएको छ ।

कतारमा पहिलोपटक हुन लागेको अडिसनका हालसम्म १०० जना भन्दा बढिले आबेदन दिएको फाउन्डेसन कतार संयोजक तथा लोकदोहोरी प्रस्तीष्ठान कतार अध्यक्ष शिवराम ढकालले जानकारी गराए । अडिसनको सम्पुर्ण तयारी अन्तिम चरणमा पूगेको ढकालले बताए ।

विश्वभरबाट अडिसनमा छनौट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ ।

इच्छुक प्रतिस्पर्धीहरूले फाउण्डेसनको वेबसाइट www.intrafoundations.org बाट निशुल्क आवेदन दिन सक्ने छन् ।

सन् २०२३ मा आयोजना भएको पहिलो ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई (भारत) ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की (थाइल्यान्ड) ले हात पारेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस