
दोहा, कतार
पर्वत समाज कतारले आफ्ना भलिबल खेलाडीलाई सम्मान गरेको छ ।
समाजले शुक्रबार एक कार्यक्रम गरि कतारमा यो बर्ष आयोजना भएका दुई ठुला भलिवल प्रतियोगिताको उपाधि जिताउन सफल भलिबल टिमलाई सम्मान गरेको हो।
पर्वत समाज कतारको भलिबल टिमले बक्र इद (इद–उल–अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन (ठकुरी ग्रुप) कतारको आयोजना र गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको खेलकुद बिभागको सहकार्यमा सम्पन्न ‘अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिता-२०२५’ र इद उल फित्र तथा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा पर्वत समाज कतारको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको खेलकुद विभागको सहकार्यमा सम्पन्न `जिल्ला स्तरीय भलिबल प्रतियोगिता -२०२५´को उपाधी जित्न सफल भएको थियो ।
कार्यक्रममा पर्वत समाज कतारका प्रमुख संरक्षक छबिलाल भट्टराईले लगातार दुई उपाधी जित्दै सस्थाको गरिमा बढाएकोमा भलिबल टिमलाई धन्यवाद ज्ञापन गर्दै थप सफलताको शुभकामना व्यक्त गर्नुभयो । भट्टराईले हरेक टिमले खेल जित्ने लक्ष्य राखेर खेल्ने भएपनी जो टिमले अनुशासीत भएर धेरै मेहनत गर्छ उसैले खेल जित्ने भन्दै खेलाडीहरुले जित वा हार दुवैमा अनुशासन पालन गर्नुपर्ने बताउनुभयो । पर्वत समाज कतारको वर्तमान टिमले खेलमा कडा मेहनत गर्दै अनुशासन देखाएकोमा प्रसंशा गर्दे उहाँले भलिबल टिमलाई संस्था तथा आफुले व्यक्तिगत रुपमा पनि सदैव सहयोग गर्ने बतौउदै उच्च मनोबलका साथ खेल खेल्न आग्रह गर्नुभयो ।
खेलाडीको तर्फबाट बोल्दै लिल सिंह (सागर) ले खेलाडीहरुलाई विश्वास गरेर पर्वत समाज कतारले प्रदान गरेको हौसला र साथ समर्थन प्रति आभार व्यक्त गरे । साथै उनले टिमका सम्पुर्ण खेलाडीले अनुशासीत पुर्वक कडा मेहनत गरेकोले यो सफलता प्राप्त भएको भन्दै आफुहरुले सदैव सस्थाको गरिमा बढाई राख्ने बताए ।
कार्यक्रमा पर्वत समाज कतार अध्यक्ष सन्तोष क्षत्रीले भलिबल टिमका खेलाडीको हौसला प्रदान गर्न सम्मान गरिएको भन्दै खेलका दौरान साथ सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापान गर्नुभयो ।अध्यक्ष क्षत्रीले आफ्नो जागिर संगै खेल खेल्दै आएका आफ्ना जिल्लाका खेलाडीहरुलाई सकेको संरक्षण गर्ने दायित्व सस्थाको भएकोले आफुहरुले सदैव खेलाडीहरुलाई साथ सहयोग गर्दे हौसला प्रदान गरेको बताउनुभयो ।