२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न(फोटो फिचर सहित )

दोहा – लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको आयोजनामा नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा टीका ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

प्लाजा मल स्थित रेड चिल्ली रेस्टुरेन्टमा सम्पन्न कार्यक्रम प्रदेश अन्तर्गतका जिल्ला संस्थाहरूको संयुक्त आयोजनामा भएको थियो ।

परिषदका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषदका प्रमुख संरक्षक कमल मणि गुरागाइको प्रमुख आतिथ्यत्ता रहेको थियो ।

अग्रज व्यक्तित्वहरूबाट टीका तथा जमरा ग्रहण गरिएको कार्यक्रममा लुम्बिनी तथा गैरलुम्बिनी बासिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित अतिथिहरूलाई परिषदका सचिव बिकाश गैरेद्वारा स्वागत गरिएको कार्यक्रमको सहजीकरण परिषदका महासचिव टेकराज थापाले गरेका थिए ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजया दशमीमा आफू भन्दा ठूला तथा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ।

प्रकाशित मिति : २०८० कार्तिक ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस