२०८३ कार्तिक २७ गते बिहिवार | 2026 November 12th Thursday

कतारमा पर्वत जलजला समाजको तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन तयारी पूरा

 

दोहा । पर्वत जलजला समाज कतारले आफ्नो तेस्रो वार्षिकोत्सव तथा दोस्रो अधिवेशन भोली शुक्रवार हुँदैछ । भोलि प्लाजा मलस्थित मेसक्याफे रेस्टुरेन्टमा  हुने कार्यक्रमको तयारी पूरा भएको जनाकारी संयोजक सूर्य बहादुर खत्रीले दिएका छन् ।

 

सन् २०२३ मा स्थापना भएको समाजले आफ्नो वार्षिकोत्सवका साथै दोस्रो अधिवेशनलाई विशेष रूपमा मनाउन कार्यक्रममा विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने आयोजकले जनाएको छ।

 

कार्यक्रममा गायिका तारा बीसी र गायक बाबुराम रम्तेलको सांगीतिक प्रस्तुति रहनेछ। त्यसैगरी नृत्यतर्फ रञ्जिता शर्मा, रेजिना गुरुङ, सुधा परियार, सुनिता विश्वकर्मा, सपना महर्जन र दिलमाया गुरुङले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।

 

कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। पर्वत जिल्लाबाट कतारमा आई विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूलाई एकताबद्ध गर्दै सामाजिक गतिविधि र आपसी सहयोगलाई अगाडि बढाउने उद्देश्यले समाजले कार्यक्रम आयोजना गर्न लागेको हो।

 

कार्यक्रममा कतारमा रहका सम्पूर्ण नेपाली दाजुभाईदिदीबहिनीहरु लगाएत कतारमा स्थापित नेपाली समुदायका प्रमुख तथा प्रतिनिधिहरु, सदस्यहरु, पेशागत ब्यबसायीहरु, बुद्दिजीवी, समाजसेवी, पत्रकार लगाएत सम्पुर्ण शुभचिन्तकहरूमा सहभागी भई सहयोग गरिदिन समाजले हार्दिक अपिल गरेको छ ।

 

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस