२०८३ असार ५ गते शुक्रवार | 2026 June 19th Friday

कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन उत्कृष्ट घोषित

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

दोहा, कतार
कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ ।

फ्रान्सको पेरिसमा भएको प्यासेन्जर टर्मिनल एक्सपोमा आयोजित २०२२ वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको हो ।

हमाद अन्तर्राष्ट्रिय विमानस्थल
२०२१ मा पनि विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको थियो।

वार्षिक ग्लोबल एयरपोर्ट ग्राहक सन्तुष्टि सर्वेक्षणमा ग्राहकहरूले मतदान गरेका ५ सय ५० भन्दा बढी एयरपोर्टमा ग्राहक सेवा र सुविधाहरूको मूल्याङ्कन गर्दै हमाद विमानस्थललाई विश्वकै उत्कृष्ट विमानस्थल घोषित गरिएको हो ।

त्यस्तै सिंगापुर चाङ्गी एयरपोर्ट, विश्वको उत्कृष्ट एयरपोर्ट स्टाफ सर्भिस र विश्वको उत्कृष्ट एयरपोर्ट डाइनिङ घोषित भएको छ ।
टर्कीको इस्तानबुल एयरपोर्टले विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र सबैभन्दा परिवारमैत्री एयरपोर्टको रूपमा अवार्ड जितेको छ । जापानको टोकियो हानेदा एयरपोर्टले विश्वको सफा विमानस्थल, विश्वको उत्कृष्ट आन्तरिक विमानस्थल, एसियाको उत्कृष्ट विमानस्थल पहुँचयोग्य सुविधाहरूको अवार्ड जितेको छ।
यस्तै साउदी अरेबियाको रियाद स्थित किंग खालि अन्तर्राष्ट्रिय विमानस्थलले विश्वको सबैभन्दा सुधारिएको विमानस्थलको अवार्ड प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०७९ असार ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस