२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

“दशैँ धमाका २०७९” को प्राविधिक कारणले मिति मात्र परिवर्तन भएको हो : संयोजक भारती

दोहा –  “दशैँ धमाका २०७९” कार्यक्रमको मिति परिवर्तन भएको छ l  एसएसके ब्रदर्सको आयोजनामा हुन गइरहेको कार्यक्रम सेप्टेम्बर ३० शुक्रबार गर्ने गरी सम्पूर्ण तयारी पुरा भएको भएता पनि प्राबिधिक कारणले एक हाप्त अगाडी सार्न परेको कार्यक्रम संयोजक सुमन भारती ले बताएका छन् l

कार्यक्रम ३० सेप्टेम्बर २०२२ शुक्रबारका दिन दोहा स्थित ओसिस वीच क्लबको स्पोर्ट्स कोडमा तय गरिएको भए पनि प्राविधिक असहजताका कारण  सोहीदिन रेजेन्सी हलमा तय गरिएको थियो l छोटो समयमा हल परिवर्तन गर्नु परेको र  आर्को छुट्टी को लागी एक हप्ता कुर्नु पर्ने भएको कारण मिति परिवर्तन गरिएको जानाईएको छ l

“सम्पूर्ण कलाकारहरू २८ सेप्टेम्बर मानै आएर दोहामा घुमघाम गरेर समय बिताइरहेका छन् l  बाहिर कलाकार हरु नेपाल फर्कने , दुवै जाने, आएका कलाकार सबै नहुने जस्ता हल्ला फिजिएको भए पनि सम्पूर्ण कलाकार हरु कार्यक्रमको मिति सम्म कतारमा रहने र तोकिएकोनै कार्यक्रम हुने समेत भारती ले जानकारी गराए l  भारतीका अनुसार गायक रमेश भट्टराईको यु ए ई भ्रमण तय थियो तर हाम्रो अनुरोरोध र प्राबिधिक कारणले मिति परिवर्तनलाई मध्यनगर गर्दै उताको कार्यक्रमको समेत मिति परिवर्तन गरिएको छ l

कतार बासी नेपालीहरूको लागि महान चाड विजया दशमीलाई विशेष बनाउने र सामुहिकरूपमा दशैंको उत्सव मनाउने हेतुले आयोजित कार्यक्रम दिनको ४ बजे देखि रातको १० बजे सम्म चल्नेछ ।

कार्यक्रमको तयारी भव्यरूपमा भएको र सफलता समेत भव्यरूपमा हुने विश्वास लिएको बताउँदै कार्यक्रमका मिडिया संयोजक दिपजङ्ग शाह ठकुरीले कतारका अग्रजहरू, बुद्धिजीवी, व्यवसायी, समाजसेवी, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायत सम्पूर्ण नेपाली एवं नेपालीभाषी दाजुभाइ तथा दिदी बहिनीहरूलाई उक्त कार्यक्रममा उपस्थिति जनाएर सफल पारी दिन आग्रह समेत गरेका छन् ।

ठकुरीले थपे, “कार्यक्रमलाई व्यवस्थित र सबैको साझा बनाउने उदेश्यले टिकटको व्यवस्था गरेका हौं, यो कुनै कमर्सियल कार्यक्रम होईन । कार्यक्रममा आर्थिक अपूग भएमा आयोजकले व्यवस्थापन गर्नेछ भने बचत भएमा सामाजिक काममै लगानी गर्नेछ ।”

प्रकाशित मिति : २०७९ असोज १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस