२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित

दोहा – कतारमा रहेका नेपाली व्यवसायीहरुलाई एकताको शुत्रमा बाँधेर मर्यादित र सफल व्यवसायी बनाउने उदेश्यले स्थापित नेपाल व्यवसायी संघ कतारको वार्षिक साधारण सभा तथा नयाँ वर्ष २०२३ को शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार दोहा स्थित होटल रेडिशन ब्लुको सभाहलमा एक वृहत कार्यक्रमका विच सम्पन्न भएको छ ।

नेपाली राजदूतावासका कार्यवाहक राजदूत तथा नियोग उपप्रमुख लक्ष्मण खनालको प्रमुख अतिथ्यता एवं संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोभिड १९ को समयमा योगदान दिने व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको थियो ।

संघका उपाध्यक्ष राज रेग्मीको स्वागत मन्तव्यबाट शुरुवात गरिएको कार्यक्रममा नियोगका दृतिय सचिव प्रविण भट्टराई, एनएई कतारका अध्यक्ष नासर अल अलि, सफारी ग्रुपका फाईनान्स डाईरेक्टर सुरेन्द्र नाथ राघभार, विश्लेषक समसामयिक मामिलाका सम्पादक असरफ सिद्धिकी तथा नेपाल ईन्जिनियरिङ संघका अध्यक्ष ईन्जिनियर सब्दार ईमाम लगायतको विशेष आतिथ्यता रहेको थियो ।

संघको उदेश्य र अहिले सम्मको गतिविधिलाई संक्षिप्त जानरी संघका उपाध्यक्ष भोज बहादुर नेपालद्धारा प्रस्तुत गरिएको कार्यक्रममा ५७ जना व्यत्तित्व एवं संस्थाहरुलाई सम्मान गरिएको थियो ।

उक्त सम्मान कोभिड १९ को समयमा कतारमा समस्यामा परेका श्रमिकहरुलाई खाध्यान्न, हवाई टिकट, आवास लगायत विभिन्न तवरले सहजिकरण व्यक्तिहरुलाई गरिएको थियो ।

त्यस्तै सम्मानकै क्रममा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयका मार्फन कोभिड १९ को विषम परिस्थितिमा नेपाली रुपैयाँ एक करोड विस लाख बराबरको स्वास्थ्य सामाग्री नेपालका विभिन्न स्थानमा पुर्याई नेपालीहरुको प्रत्यक्ष स्वास्थ्य सेवामा टेवा पुर्यान आर्थिक सहयोग गर्ने व्यक्तित्वहरुलाई समते सम्मान गरिएको थियो ।

संघले एक विज्ञप्ती जारी गरी कार्यक्रम भव्य र सभ्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने नेपाली राजदूतावास परिवार, उपस्थित विशेष अतिथिहरु, संरक्षकहरु, सल्लाहकारहरु, पदाधिकारी लगायत सम्पूणर् कार्यसमति, यस संघमा आवद्ध सम्पूणर् सदस्यहरु, कार्यक्रमलाई भव्य र सभ्यरुपमा सम्पन्न गर्न प्रत्यक्ष प्रसारण गरी सहयोग गर्ने सम्पूणर् मिडियाहरु र प्रत्यक्ष अप्रत्यक्ष सहयोग सहयोग गर्ने सम्पूणर्मा हार्दिक आभार एवं कृतज्ञता प्रकट गरेको छ ।

प्रकाशित मिति : २०७९ पुष २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस