२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अल्पसंख्यक बिभाग प्रमुख इकबाल अहमदसंग महासंघ शाखा कतारको अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा अल्पसंख्यक बिभाग प्रमुख इकबाल अहमदसंग महासंघ शाखा कतारले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शाखा कतारका अध्यक्ष करीम बक्स मियॉको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख अतिथी अहमद रहेका थिए ।

कतारका बैचारीक, सामाजिक संघ संस्था तथा सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा विभीन्न बक्ताहरुले आफ्ना धारणा राखेका थिए । कार्यक्रममा आफ्नो परिचय सहित मन्तव्य राख्ने क्रममा सामाजिक ब्यक्तित्व एआर रहमानले आफु विगत १७ बर्ष देखी कतारको आन्तरीक विभागमा कार्यरत रहेको बतॉउदै आफ्नो नाम नेपाली समाजमा गलत स्थानमा प्रयोग हुने गरेको प्रति गुनासो गरे । उनले आफुले कतारमा समस्यामा परेका नेपालीलाई निश्वार्थ सहयोग गर्ने गरेको बताउदै २ जना नेपाली नै आपसमा एकअर्का बिरुद्घ केश लिएर बिभागमा आउने गरेको बताए । नेपाली बिच हुने आन्तरीक द्घन्दले एक नेपाली गलत देखीने नजिरले नकारात्मक टिप्पणी हुने गरेको स्पष्ट पारे । उनले पत्रकारले समाजमा सकारात्मक सन्देश प्रबाह हुने काम गर्न समेत अनुरोध गरे ।

वक्ताहरुले पत्रकारले सामाजिक संजालमा लेख्दा ध्यान दिनु पर्नेमा जोड दिए । कतारको कानुनको पालना गर्दै सुक्ष्म रुपमै सुचना दिन कतारका पत्रकार चुकेको बक्ताहरुले बताए ।
राजनिती भन्दा ठुलो पत्रकार रहेको हुदॉ पत्रकारले देशको मर्म र भावनालाई आत्मसाथ गर्दै आफ्नो पेश प्रति गौरव लाग्ने गरी कलम चलाउन आग्रह गरेका थिए । पत्रकार महासंघ कतार साखाले संचालन गरेको वेभ पोर्टलको बक्ताहररुले प्रशंसा गरे ।

कतारमा मरेका मानिसको लास माथी गलत समाचार लेख्दै कतारमा मात्रै मानिस मर्छन भने झै गरी नेपालका मिडियाले समाचार प्रेषित गर्ने गरेको प्रति एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले रोष प्रकट गरे । उनले मृत्यु प्राकृतिक र दुर्घटना बस हुने र त्यो कतारमा मात्र नहुने बताए । खाडीका मृत्युलाई ब्यापार नबनाउन समेत आग्रह गरे ।

प्रमुख अतिथी अहमदले प्रेस काउन्सिलले तोकेको दायरामा रहेर पत्रकारीता गर्न सके पत्रकारको शुद्घिकरण अभियान सफल हुने बताए । उनले कतारमा बसेर राज्यको भागबन्डा खोज्नु उचित नहुने बताउदै परदेशमा सबै नेपाली नागरीक मात्र हुने बताए । आफ्ना अधिकारका लडॉई लड्ने नेपालमा हो कतारमा होईन उनले स्पष्ट पारे ।

कार्यक्रमको समापन गर्दै सभापती मियॉले समाजमा देखीएका सबै कुरा सत्य नहुने जिकिर गरे । कतारको पत्रकारीतालाई नेपालको आखाबाट हेर्ने नजिरले नहेर्न अनुरोध गरे । उनले कतारको कानुनको अक्षरस पालना पहिलो अनिवार्य दायित्व रहेको बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस