२०८३ साउन १९ गते मङ्गलवार | 2026 August 4th Tuesday

प्रवासी नेपाली मञ्च कतारको बन्द सत्रमै लफडा

दोहा lप्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशनको बन्द सत्र चलिरहँदा नेतृत्व चयन प्रक्रियामा लफडा भएको छ। बन्द सत्र चलिरहँदा प्रवासी नेपाली मञ्चका अध्यक्षका प्रत्याशीको निर्वाचन कमिटी सदस्यसँग लफडा हुँदा हात हालाहालको समेत स्थिति सिर्जना भएको थियो l

प्रत्यक्षदर्शीका अनुसार बन्द सत्रको गरम माहोललाई प्रवासी नेपाली मञ्च कतारका अग्रज व्यक्तित्वहरू, अन्तर्गत राष्ट्रिय कमिटीका पर्यवेक्षकहरू लगायत प्रवासी नेपाली मञ्चका सदस्यहरूले नियन्त्रणमा लिएका थिए।

शुक्रबार साँझदेखि सुरु भएको बन्दसत्र शनिबार बिहानसम्म चलिरहँदा समेत प्रवासी मञ्च कतारले नेतृत्व पाउन सकेको छैन। गुट र उपगुटको खेल चलिरहँदा कुनै निष्कर्षमा पुग्न नसकेपछि बिहानको ३ बजे बन्दसत्र स्थगित गरिएको थियो।

प्रवासी नेपाली मञ्च कतारका सातौँ अधिवेशनका उम्मेदवारले योग्यता, क्षमता र पार्टीप्रति वफादार रही काम गरेको योगदानको कदर नहुँदा पार्टीले नेतृत्व पाउन ढिलाई भएको जनाएका थिए। गुट उपगुट माथिल्लो तहमा रहेका पदाधिकारीहरू तथा पार्टीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको प्रत्यक्ष तथा अप्रत्यक्ष हस्ताक्षेपका कारण मञ्चले नेतृत्व सहज रुपमा नपाएको बताएका थिए।

 

 

प्रकाशित मिति : २०८१ साउन ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस