२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भ

काठमान्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको आज औपचारिक उद्घाटन गरेका छन ।
विमानस्थलको आज भैरहवामा उद्घाटन गर्दै उनले मुलुकको पर्यटन र दीगोे आर्थिक विकासको आधार तयार भएको बताए ।

उनले विमानस्थल सञ्चालनमा आएसँगै पर्यटकको आवागमन बढ्ने विश्वास पनि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री देउवाले नेपाल पर्यटनका अधिक सम्भावना रहेको देश भएकाले यहाँका सम्भावना र गौतमबुद्धको जन्मस्थल लुम्बिनी बारेको सन्देश संसारमा पुर्याउन यो विमानस्थल सहयोगीसिद्ध हुने पनि बताए ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आलेले बुद्धभूमिबाट नेपालको शान्ति र समृद्धिको सन्देश विश्वभर प्रवाह हुने बताए ।
उनले शान्तिको सन्देश लिएर नेपाली र अन्तरराष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट संसारभर पुग्ने विश्वार व्यक्त गरे ।्
मन्त्री आलेले पर्यटन मन्त्रालयमार्फत सञ्चालनमा रहेका पाँच वटा राष्ट्रिय गौरवका आयोजनामध्ये सम्पन्न हुने आयोजनाका रुपमा गौतमबुद्ध विमानस्थल रहेको बताए । यी पाँचवटै आयोजना सम्पन्न भएपछि मुलुकको पर्यटन र आर्थिक विकासले फड्को मार्ने समेत बताए ।

आलेले आजैदेखि त्रिभुवन विमानस्थल र गौतबुद्ध विमानस्थल २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस