२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

कतारमा आज रातिदेखि धुलो सहितको कडा हावाहुरी चल्ने

दोहा ।

कतारमा आज रातिदेखि धुलो सहितको कडा हावाहुरी चल्ने रहेको मौसम विभागले जनाएको छ ।

विभागले एक सुचना जारी गर्दै देशभर उत्तरपश्चिमी वायुको प्रभाव हप्तैभरी रहने बताएको छ ।

धुलोको कारण प्रत्यक्षता दुई किलोमीटर भन्दा तल र केही स्थानमा शून्य सम्म पुग्नेछ । सो समय अवधिभर समुन्द्री छाल पनि बढ्ने हुँदा कुनै पनि क्रियाकलाप नगर्न विभागले सावधान गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस