२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

यूएईको एक रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुईको मृत्यु

यूएई ।

संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा सोमबार एक रेस्टुरेन्टमा ग्याँस सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ भने १२० जना घाइते भएका छन् ।

अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा लिएको बताईएको छ । विस्फोटका कारण धेरै पसलहरू र छ वटा भवनमा क्षति पुगेको जनाईएको छ ।

स्थानीय सञ्चारमाध्यमले प्रकाशित गरेका तस्बिरहरूले फुटपाथमा सिसाका फोहोर र केही भग्नावशेषहरू देखिएका छन्।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस