२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

युएईमा २९ वर्षीया अफ्रिकी महिलामा मंकीपक्स देखीयो

युएई ।

युएईमा पहिलो पटक मंकीपक्स देखाएको छ। पश्चिम अफ्रिकाबाट आएकी २९ वर्षीया महिलाको आवश्यक उपचार भइरहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल बिश्वभरी युएई सहित १२ बढी देशमा यो भाइरस देखा परिसकेको छ । मंकीपक्स दशकौं देखि अफ्रिकी मानिसहरूमा सामान्य रहेको रोग हो तर अहिले विश्वका अन्य देशहरूमा पनि फैलिरहेको छ। विशेष गरी अमेरिका, क्यानडा र धेरै युरोपेली देशहरूमा यस्ता बिरामीहरु देखिन थालेका छन्।

महामारीबाट पूरा विश्व अहिलेसम्म बाहिर निस्कन नसकेको अवस्थामा अर्को एउटा नयाँ भाइरसको चर्चा सुरु भइसकेको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस