२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

संस्कार बिर्सिएका बौद्धिक संस्कारी हामीहरू

दोहा। पछिल्लो समयमा नेपालीहरूका लागि वैदेशिक रोजगारको प्रमुख गन्तव्य बनेको छ कतार । सन् १९९० को दशक देखि नै फाटफुट रूपमा नेपालीहरू कतार प्रवेश गरे पनि अहिले करिब ३ लाख नेपाली रोजगार, व्यवसाय र अध्ययनका लागि कतार आएका छन् । देशमा राजनीतिक अस्थिरता, महँगी, भ्रस्टचार र बेरोजगारले थिचिएपछि को देश कुरेर बस्छ ? आफ्नो जीविकोपार्जनको लागि भए पनि पासपोर्ट बोकेर परदेश लाग्नु हामी नेपालीहरूको दैनिकी बनिरहेको छ। कयौँ नेपाली साधारण सीपको समेत ज्ञान नलिई खाडी प्रवेश गरेका छन्। तिनीहरू अग्ला अग्ला गगनचुम्बी महल र फराकिला सडक बनाउन प्रयोग भई रहेका छन् भने सिप , ज्ञान र अनुभव लिएर आउने कामदार विभिन्न मलहरू, बैङ्क, हस्पिटल, विश्व बिद्ध्यालय र सरकारी निकायमा पनि काम गरिरहेका छन्।

 

कुरा कतारकै गरौँ l भौगोलिक हिसाबले कतार सानो भए पनि यहाँको जनघनत्व बाक्लो रहेको छ । विभिन्न मुलुकका कामदारहरू रहेको कतारमा नेपालीहरूले पनि आफ्नो राम्रो कार्य कुशलता देखाएको पाइन्छ l सन् २०१३-१४ तिरबाट कतारमा विभिन्न सामाजिक सस्थाहरु बाक्लिएर खुलेको पाइन्छ । हरेक जिल्लाका आफ्ना आफ्ना संस्था, राजनैतिक दलका आफ्नै संस्था, जातीय सस्थाहरु खुलेर आफ्नो पहिचान र जिम्मेवारी निभाई रहेका थिए । कोरोना भाइरसको सुरुवात सँगै कतारमा खुल्ला रूपले कहीँ कतै भेला भएर बस्ने हिँड्ने वातावरण रहेन । सबै सस्थाहरु गुपचुपमा नै रहे भने गैह्र आवासीय नेपाली सङ्घले हरेक सस्थाहरुमा समन्वय गरी कतार च्यारिटि सँग सहकार्य गरेर कोरोनाका बेला पनि आफूले सकेको सहयोग मजदुरहरूलाई प्रदान गरी रह्यो l

 

कोरोना अलिक हराउँदै गए सँगै दोहा फेरी पुरानै शैलीमा फर्कने कोसिस गर्दै छ, यहाँ हरेक शुक्रवार कुनै न कुनै जिल्ला संस्थाका अधिवेशन, वनभोज तथा मासिक बैठक नपरेको दिन हुँदैन । हरेक संस्थाले विशेष अतिथि र अतिथि खुवाउँदा खुवाउँदै समाज सेवा गर्छु, श्रमिकका लागि गर्छु भन्नेहरू अहिले संस्कार बिर्सिएका संस्कारी भएका छन् । कार्यक्रममा छोटो शुभकामना मन्तव्य राखिदिनु भनेर सञ्चालकले भनेको हुन्छन् को सँग व्यक्तिगत दुस्मनी हुन्छ मञ्च बाट तथानाम गरेको सुनिन थालिएको छ । म के बोल्दै छु भन्ने हेक्का समेत नभएका हरूलाई संस्थामा बोलाएर शुभकामना दिनु भन्न समेत आनाकानी सुरु गर्न थालेका छन् दोहाका सामाजिक संस्थाले !

 

बिहीबार बेलुकी बाट तात्न सुरु भएको दोहाको नेपाली समाज र समाजका नाइके भनाउदाहरु शुक्रवार पनि फ्रेस अनुहारमा देखिन्नन् l मदिराको नशामा डुबेका नाइकेहरूको भाषण बाट के सिकुन् बिचरा मजदुरहरूले ? म कसरी बन्छु भन्ने बिर्सिएका हरू अरूलाई प्रवचन दिन व्यस्त रहन्छ । जबसम्म समाजका अग्रजहरू सभ्य र संस्कारी हुँदैनन् तबसम्म समाजमा सामाजिक गतिविधि नगरेकै उत्तम हुन्छ। दिनानुदिन दिन भड्किएको समाजलाई जब सम्म समेटेर अगाडि लान सकिँदैन तब सम्म सामाजिक रूपमा संस्कार हराउँदै जान्छ र भविष्यमा नेपाली समाजको नाम र गतिविधिहरू समाप्त भएर भएर जान सक्छ । त्यसैले पहिला संस्कार सिक अनि सिकाऊ नत्र संस्कार बिर्सिएको संस्कारी हुन समय लाग्ला र बौद्धिक महोदयहरू ?

प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस