२०८१ असोज २९ गते मङ्गलवार | 2024 October 15th Tuesday

मुग्लानी सौगातको ८४ औ वाचन डबली सप्पन्न

अलखोर कतार  -सन्ध्याग्रुप अलखोर कतार अन्तर्गत साहित्यिक विभाग मुग्लानी सौगातको ८४ औ वाचन डबली सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा संरक्षक प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा शुरु भएको कार्यक्रममा विषेश अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार राम प्रसाद पराजुली ,विशेष सल्लाहकार रामजी अधिकारी,सल्लाहकार भरत मल्ल,अर्जुन पौडेल अतिथिहरुमा महोत्तरी सेवा समाज कतारका अध्यक्ष ईसिलाल पन्डित,समाजसेवी ब्यक्तित्व रमेश भट्टराई,ज्योती पौडेल, कार्यसमितिका पदाधिकारीहरु नेपाली भाषाप्रेमी ,साहित्यप्रेमी दाजुभाई तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।

‘साहित्य जीवन र जगतको दर्पण हो’ भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै मासिक रुपमा हुँदै आएको वाचन शृङ्खला लाई निरन्तरता दिदै ८४ औ वाचन डबली भएको हो। संस्थाका प्रथम उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्य पश्चात् आफ्ना रचना बाचन गर्नेहरुमा सन्दिप सापकोटा,वसन्त अधिकारी, राज रुचाल,सन्तोष केसी,रामजी अधिकारी, राम प्रसाद पराजुली,रमेश भट्टराई,चक्र कार्की,अर्जुन पौडेल लगायतले साहित्यिक सृजनाहरु वाचन गरेका थिए।

भिजिट भिसामा गत दुईमहिना देखि आफ्नो आमा सहित कतार आएकी ११ वर्षिया अन्जिता पौडेलले आफ्नो सानो भनाई राख्दै सन्ध्याग्रुप कतारले मलाई मेरो नृत्य प्रस्तुति तथा बोल्ने मौका दिनुभएकोमा धन्यवाद ब्यक्त गर्दै म यो सम्झना र मायालाई ५०औ वर्ष सम्म डायरीमा लेखेर राख्नेछु र यो संस्थाका कोहि पनि नेपाल आउँदा मलाई भेट्ने अवसर दिनुभयो भने औधी खुशी हुनेछु।जिवनका कुनैपनी समयमा म कतार आएँ भने अवस्य पनि यो संस्थालाई सम्झिनेछु खोज्नेछु ,यो संस्थाको आगनीमा पुन: पाईला टेक्नेछु अन्जिताले भनिन।

संस्थाकी सचिव मेनुका बास्कोटाद्वारा संचालित कार्यक्रमका प्रमुख अतिथी तथा संस्थाका संरक्षक प्रेम प्रसाद भट्टराईले नेपाली साहित्य, गजल, मुक्तक लेखनका नियमका बारेमा चर्चा गर्दै आफ्ना दुई गजल वाचन गरि साहित्यिक माहोल तताएका थिए भने सभापती गणेश क्षेत्रीले कार्यक्रम संचालन ,सम्बोधन लगायतका सुझाव दिदै आफ्नो साहित्यिक रचना वाचन गरि कार्यक्रममा उपस्थित भई शोभा बढाईदिनुहुने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै ८४ औ डबली भब्यताका साथ सम्पन्न भएको घोषणा गरेका थिए।

प्रकाशित मिति : २०७९ असार १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस