२०८१ माघ १३ गते आइतवार | 2025 January 26th Sunday

नवोदित साहित्यिक वाचनालयमा रुप रसाईली

 

दिलिप पराजुली
दोहा, कतार

नवोदित साहित्यिक वाचनालय कतारको १४ औं अधिवेसन सम्पन्न भएको छ । लामो समयदेखि दोहामा साहित्यको बिकास र सम्बर्द्धन गर्ने उदेश्यले स्थापित संस्थाको अध्यक्षमा रूप रसाईली सर्वसम्मतरुपमा निर्वाचित भएका छन्। नवोदित साहित्यिक वाचनालयका अध्यक्ष टीका खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष मणि पौडेल प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा बिशेष अतिथि सन्ध्या ग्रुप कतारका अध्यक्ष गणेश क्षेत्री, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार,पत्रकार ,विभिन्न बैचारिक तथा सामाजिक संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्तिथी रहेको थियो।

कार्यक्रममा नेपाली गजलका पिता मोतिराम भट्टको १५७ औं जन्म जयनन्ती समेत मनाइएको थियो। एउटै ब्यानर मुनि पाँच गजलकारका सामूहिक गजल वाचन, अनेसास नवोदित साहित्यिक वाचन डाबलिको १२८ औं तथा मुग्लानी सौगातको ८६ औं वाचन समेत रहेको थियो । दीप प्रज्वलन, रास्ट्रीय गान, ब्यानर अनावरण शुरु गरिएको कार्यक्रममा सन्ध्या ग्रुप अलखोरका महासचिव खेमराज सुबेदीले स्वागत मन्तब्य राखेका थिए भने नवोदित साहित्यिक वाचनालय कतारका पूर्व अध्यक्ष लेख कार्कीले मोतीराम भट्टको जीवनी सुनाएका थिए।
कार्यक्रममा पाँच गजलकारका २५ गजल सुनिएका थिए। कार्यक्रममा नवोदित साहित्यिक वाचनालयका निवर्तमान अध्यक्ष चक्र कार्की र अनेसास कतार च्याप्टरका अध्यक्ष मणि पौडेललाई दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरेको थियो। संस्थाका पूर्व विशिष्ट स्रोता रमजान अलि मियाले उर्दूमा लिखित गजल सुनाएर माहोल गजलमय भएको थियो। उनले अन्य देशका साहित्य अनुरागी हरुसँग पनि नेपाली साहित्यको बारेमा छलफल गर्नु पर्ने बारेमा जोड दिएका थिए।
नवनिर्वाचित अध्यक्षमा रुप रसाईली, प्रथम उपाध्यक्ष नारायण भण्डारी, द्वितीय उपाध्यक्ष लिलानाथ घिमिरे, मोबाइल पुस्तकालय संयोजक सानु थपलिया, महासचिव सोम थापा, सचिव सुरेश परियार , कोषाधक्ष खिम पुन निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा शोभाराम ओली, कमला भण्डारी, बिबस थेबे लिम्बु, देबेन्द्र खतिवडा, धर्म संदेश, लेखनाथ राउत, शक्ति न्यौपाने निर्वाचित भएका हुन्।

कार्यक्रमको अन्त्यमा बोल्दै प्रमुख अतिथि पौडेलले लामो समयदेखि दोहामा स्थापित यी साहित्यिक संस्थाले नेपाली भाषा को श्रीवृद्धिमा लागेर निकै योगदान गरेको बताउँदै आउने दिनमा पनि यो निरन्तरता रहने कुरा बताए। कार्यक्रमका सभापति खड्काले दोहामा हुने सबै सस्थाहरुसँग हातेमालो गर्दै अगाडी बढेको र आउने दिनमा पनि सहकार्य गरेर हिड्ने बताउदै कार्यक्रम समापन गरेका थिए भने कार्यक्रमलाई सस्थाका महासचिव नारायण भण्डारीले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस