
दोहा । वडा दशैको अबसरमा नेपाली राजदुतावास कतार दुई दिन बन्द हुने भएको छ। यहि असोज १८ -१९ गते तदनुसार अक्टोबर ४ -५ तारिख मंगलबार र बुधबार गरि २ दिन बन्द रहने दुताबासले सूचना जारी गरेको छ ।
जारी सुचना अनुसार आउदो अक्टोबर ६ तारिख बिहिबार देखि पुन: निर्धारित समयमा खुल्ला हुने छ । सोही दिन देखि सम्पुर्ण सेवाहरु सुचारु हुनेछ ।
प्रकाशित मिति : २०७९ असोज १० गते सोमवार