२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

अनेमुसको जनप्रगतीशिल मञ्चसंग सम्बन्ध सुधार अन्योलमा देवकोटा

२७ अक्टुबर, दोहा । गत मिति २०२२,अक्टुबर २१ तारीकका दिन बागमती प्रदेशका अध्यक्ष राज देवकोटाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको बारेमा अभिव्यक्ति दिदै गर्दा विवाद मुछिएका थिए l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा भएको विबाद समाधान नभए पछि अनेमुस ले एक प्रेस विज्ञप्ति निकालीको थियो ।
सो विज्ञप्तिमा राज देबकोटा जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष रहेको आशंका गर्दै आवद्द सस्थाहरु बहिस्कार गर्ने निर्णय गरेको थियो l तर देवकोटा बागमती प्रदेशमा उम्मेद्बारी दिदै गर्दा नै मञ्चबाट राजीनामा दिईसकेको  प्रगतिशील मञ्चले जानकारी गराए पछि  प्राविधिक कारण भएको असमझदारी प्रति अनेमुसले गहिरो दुख प्रकट गरेको छ । यसै प्रसङ्गमा जनप्रगतिशील मञ्च र अनेमुस बसि आपसी असमझदारी पनि  छलफलबाट तुङ्याएको जनाएको छ । साथै दुई संस्थाको संस्थागत सम्बन्ध प्रगढ र सौहार्दिकताका साथ अधि बढ्ने जनाउदै अनेमुसले प्रेस बिज्ञप्ति निकालेको छ ।
तर बागमती प्रदेशका अध्यक्ष राज देवकोटाको बारेमा  संस्थाको पुर्ण बैठकले निर्णय गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस