२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

दोहा इन्भारोमेन्ट एक्शन प्रोजेक्टको ३४८ औ श्रृङ्खलामा नेपाली एक्स्पाट ग्रुपको सहभागिता

दोहा ,

दोहा इन्भारोमेंटल एक्सन प्रोजेक्ट को ३४८ औ श्रृङ्खलामा नेपाली एक्स्पाट ग्रुपले  सहभागिता जनाएको छ l मिनिस्ट्री अफ एनभारुमेंट अन्तर्गतको उक्त प्रोजेक्टको अघिल्लो हप्तामा बृक्ष्यारोपणमा सहभागिता जनाएको नेपाली एक्स्पाट ग्रुपले यो हप्ता  पनी समुन्द्रि किनार सरसफाई सम्बन्धि श्रृखलामा सहभागिता जनाएको हो l

शुक्रबार करिब दिनको ३ बजे बाट सुरु भएको सरसफाई कार्यक्रमको  संयोजक अमेरिकी नागरिक  जोस साउसेडोले गरेका थिए l फिलिपिन्स, बंगलादेश, श्रीलङ्का, भारत , जर्मन लगायतका स्वयंसेवक हरुको उपस्थिति रहेको यस कार्यक्रममा करिब ३२ जना बिभिन्न पेसामा आबद्ध नेपालीहरुको  सहभागिता रहेको थियो l दोहाको सल्वा विचमा सम्पन्न् यस सरसफाई अभियानमा करिब १२० केजी फोहोर संकलन भएको थियो l

सामाजिक संजाल हवाट्सअप बाट जोडिएर यो कार्यक्रमा सहभागिता जनाउन पाएकोमा उपस्थित सम्पुर्ण नेपालीहरु हर्षित थिए l ग्रुपका एडमिन अम्बिका पौडेलको संयोजकत्वमा नेपाली एक्सपाट ग्रुप उक्त कार्यक्रममा सहभागिता जनाउन पुगेको थियो l

करिब चारलाखको हाराहारी आप्रबासि नेपालीहरुको उपस्थिती रहेको कतारमा अनगिन्ति सामाजिक संस्थाहरु स्थापित भएपनि कतार सरकार संग यहाँको  जनजीवनमा प्रतक्ष्य लाभ हुने कार्यक्रममा सहभागिता प्राय न्यून देखिन्छ l पछिल्लो समय यो एक्स्पाट ग्रुपले बिभिन्न कार्यक्रममा भाग लिदै आएको छ भने भविष्यमा प्रत्यक्ष नेपाली समुदाय लाई लाभ हुने कार्यक्रमहरु ल्याउदै गरेको ग्रुपमा आवद्द ब्यक्तिहरुले जनाएका थिए l

कतार सफा राखौ अभियानले १६,००० भन्दा बढी स्वयंसेवकहरू (तिनीहरूमा धेरैजसो विद्यार्थीहरू) परिचालन गरेको छ, जसले कतारमा बिभिन्न स्थानहरु बाट  १६० टन भन्दा बढी फोहोरहरू सङ्कलन गरिसकेको छ  । धेरै भन्दा धेरै स्वयंसेवक हरु परिचालन गर्ने उद्धेश्य रहेको यस प्रोजेक्टले कतारमा रहेका बिभिन्न आप्रवासी समूह , स्कुल , युनिभर्सिटीका विधार्थीहरु लाई सहभागिता गराउदै आएको छ l

May be an image of 7 people, people standing, people sitting and outdoors

यस अभियानलाई मौशुफ सरकार शेखा अल मायासा बिन्त हमाद अल थानी र तत्कालीन नगरपालिका र वातावरण मन्त्री सम्माननिय अब्दुल्ला अल सुबाईद्वारा मान्यता पनी दिइएको छ। ।

कार्यक्रमको  अन्त्यमा संयोजक जोसले  सबै स्वयंसेवकहरू, परिवारहरू, साथीहरू, कम्पनीहरू, दूतावासहरू, सरकारी एजेन्सीहरूलाई जतिनै धन्यवाद दिएपनी कम हुने र यस सफाई अभियानमा भाग लिने सबैलाई धन्यवाद दिदै   हाम्रो यस हरित र सफा कतार अभियानमा अभिन्न र अमुल्य अंग भएको जनाउदै  आउदा दिनहरुमा नेपाली समुदायको यत्तिकै सहभागिता अपेक्षा रहेको बताएका थिए l

 

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस