२०८२ पुष ६ गते आइतवार | 2025 December 21st Sunday

नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच सम्झौता पत्रमा हस्ताक्षर

दोहा-नेपाली व्यवसायी संघ कतार र नेपाल सरकार बिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहज आवातजावतका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ । 
कतारमा व्यवसाय गर्दै आएका नेपाली व्यवसायीहरुलाई  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहज आवातजावतका लागि सम्झौतामा हस्ताक्षर भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँबरको उपस्थितीमा वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आयार्च, वैदेशिक रोजगार बोर्डकी निर्देशक मैया कडेल र नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

उक्त सहकार्य सँगै कतारमा रहेका प्रवासी नेपाली कामदारहरुको राहत, उद्दार, स्वदेश फिर्ता तथा पुर्नएकीकरणका लागि सरकारसँग सहकार्य गरेर काम गर्ने नेपाली व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चौलागाईंले प्रतिवद्वता व्यक्त गरे।

नेपालबाट श्रम स्वीकृति लिई कतार आएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचय पत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्दार, राहत, स्वदेश फिर्ती तथा पुर्नएकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने कुरा हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ।

अब नेपाली व्यवसायी संघ कतारमा आबद्ध रहेका नेपाली व्यवसायीहरुले त्रिभुवन विमानस्थलबाट आवातजावत गर्दा सहजिकरणको विशेष सुविधा पाउने छन ।

प्रकाशित मिति : २०७९ मङ्सिर १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस