२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

नेपाली रक्तदाता संघ कतारले वृहत रक्तदान कार्यक्रम गर्दै

दोहा-नेपाली रक्तदाता संघ कतारले वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली रक्तदाता संघको समन्वयमा कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन् ।

मानवीय र परोकारी कार्यमा समन्वय र सहकार्यका लागि अध्यक्ष खत्रीले उक्त मितिमा कुनै कार्यक्रम नगर्न साथै आयोजक संस्था बन्नको लागि कतारमा स्थापित सम्पुर्ण संघ-संस्थालाईअध्यक्ष खत्रीले  आव्हान गरेका छन्।

२० जनवरी २०२३ शुक्रबारका दिन हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजे बाट सुरु हुने र समयमै उपस्थित भई दिन पनि अध्यक्ष खत्रीले सबैलाई अनुरोध गरेका छन्।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस