२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

नेवा पुच: कतारले दोसरीमा फागु पुर्णिमा मनाउदै

दोहा । नेवा पुच: कतारले रङ्गहरुको पर्व फागुपुर्णिमा ( होलि) मनाउने भएको छ । आउने १० मार्चमा हुने मनोरञ्जनले भरिपुर्ण कार्यक्रम सहानियाको अल दोसरी गार्डेनमा हुने भएको छ ।

होली उत्सव विशेष कार्यक्रम गर्ने बारे कार्यक्रमका संयोजक राकेश श्रेष्ठले जानकारी गराए।  भाईचारामा हुने फागु पर्व उत्सब तथा बनभोज कार्यक्रममा नेवारी समुदायको मौलिक संस्कृति र परम्परा झल्काउने प्रस्तुति रहने छन ।कार्यक्रमका लागी पुच कतारले  कतारबासी नेवार समुदाय लगायत सम्पूर्ण नेपाली समुदायका दाजुभाई दिदिबहिनीहरु अग्रज संघ संस्था प्रमुख, प्रतिनिधि, पत्रकार तथा शुभचिन्तकहरुमा उत्साहजनक सहभागिता र उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ ।हाम्रो संस्कृति हाम्रो परम्परा

रमाइलो कार्यक्रमको लागी  टिकट दर करि ५० तय गरिएको छ ।  टिकटसंगै फागु पुर्णिमा विशेष टिसर्ट निसुल्क  उपलब्ध रहेको जानकारी संयोजक श्रेष्ठले दिएका छन ।  फागु उत्सव बारे सम्बन्धित सबैमा  निमन्त्रणा गरि सकेको भए पनि कारणबस सूचना र जानकारी पुग्न नसकेको खण्डमा   यही समाचारलाई आधार मानेर कतारमा हुन गइरहेको होली उत्सव” मा उपस्थित हुन  पुचले समेत सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरेको छ  ।

प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस