२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

नेपाल पत्रकार महासंघ कतारद्वारा डा. देबकाजी डंगोल सम्मानित

दोहा, नेपाल पत्रकार महासंघ कतार शाखाको १७ औ स्थापना दिवसको अवसरमा नेपाली समुदायका अग्रज बुद्धिजीवी तथा सफल ब्यबसायी डा. देव काजी डंगोल सम्मानित भएका छन।

नेपाल पत्रकार महासंघ कतार शाखाको १७ औ स्थापना दिवसको अवसर पारेर संघ ले डंगोललाई सम्म्मनित गरेको हो l

मे १९ तारिक कतारको नेपाली दुताबासको प्राङ्गणमा  स्थापना  दिवस कार्तायक्रम  शाखा कतारका अध्यक्ष करिम बक्स मियाँ सभापतित्गवमा तथा   नेपाली राजदूतावास कतारका महामहिम राजदुत डा. नरेश बिक्रम ढकाल प्रमुखा आथित्यता मा भएको थियो l  कार्यक्रममा  कतारमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी पत्रकार लगायत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली समुदायबाट नेपाली व्यवसायी तथा अग्रज व्यक्तित्व डा.देव काजी डङ्गोलले शुरुवात देखि नै नेपाल र नेपाली प्रति पुर्याएको योगदान प्रति उच्च मुल्यांकन गर्दै शाखा कतारले आफ्नो १७ स्थापना दिवसको अवसरमा दोसल्ला ओढाई सम्मान गरेको हो।डा. डंगोल राजधानी काठमाण्डौको मुटु कीर्तिपुरको पाँगामा जन्मिएका हुन ।उनले पद्मोदय स्कुलबाट औपचारिक शिक्षा सुरु गरि उच्च शिक्षाका लागी भारत हुदै भिएना अष्ट्रिया समेत पुगेर पोस्ट ग्य्राजुएट इन चिल्ड्रेन हेल्थ सम्मको अध्यन पुरा गरेका छन।

अस्ट्रियाबाट सन्- १९९३ जनवरीमा कतार आएका डां डंगोल कतारमा विभिन्न ब्यबसायी र सेवालाई सँगसँगै अगाडी बढाउने क्रममा सन १९९४ मा मन्सुर सुपर मार्केट संचालनमा ल्याई नेपाली समुदायका पहिलो नेपाली व्यवसायीको रुपमा परिचित रहेका थिए। कतारमा रहेका नेपालीका आशा र विश्वासका पात्र डा. डंगोलको नेतृत्वमा सन १९९७ मा नेपाली सहयोग समाज को स्थापना गरि कतारमा रहेका नेपालीहरूको पासपोर्ट सङ्कलन गर्ने, साउदी दूतावास पठाउने, कानुनी अप्ठेरोमा परेका नेपालीहरूका लागी सहयोग गर्नुका साथै कतारका लागी दूतावास माग गर्ने पहिलो ब्यक्ति समेत हुन।

विभिन्न संघ संस्थामा आवद्ध रहेर नेपाल र नेपाली समाजका लागि निरन्तर सेवा गर्दै आएका डा. डंगोल सन १९९६ देखी नै आफ्नी आमाको नाममा बाल आश्रम सञ्चालन गर्दै करिब २०० भन्दा बढी बाल बच्चालाई आश्रय दिदै विश्वका शक्तिशाली देशहरूमा काम गर्न सक्ने क्षमतावान नर्स र इन्जिनियरहरु समेत उत्पादन गरेर नेपाली समुदायका प्रेरणाको स्रोत बनेका छन।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस