२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

असल लाई पुरस्कृत पित पत्रकारिता लाई दण्डित गर्न सक्नुपर्छ : गुराँगाई

असल लाई पुरस्कृत पित पत्रकारिता लाई दण्डित गर्न सक्नुपर्छ : गुराँगाई

दोहा : नेपाली समाजका अगुवा तथा सामाजिक व्याक्तित्व कमलमणि गुराँगाईले नेपाल पत्रकार महासंघ कतार शाखा को १७ औँ स्थापना दिवसको अवसरमा कतार स्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा आफूलाई प्राप्त विषयगत धारणा राखे।

“नेपाली संघ संस्था तथा मिडियाको भुमिका ” भन्ने शीर्षकमा बोल्दै उनले यसो भने:

कतारमा पत्रकारिताको सुरुवात गर्ने रवि भट्ट (निर्दोष ) हुनुहुन्छ । जस्ले सन :२००४ मा हातले लेखेर भित्ते पत्रीकाको सुरुवात गर्नुभएको हो । त्यसैगरि संस्था स्थापना
गर्न विशेष भुमिका खेल्ने कुमार कार्कीलाई सम्झिन चाहान्छु ।

यी संघ संस्थाहरु कुनैबेला बाध्यताले खुलेका हुन, श्रम बजारको अव्यवस्थितको कारण,नेपाली दूतावासमा कर्मचारीको अभाव र यहाँ आएका कामदार हरुले आफुले पाउने क्षती पुर्ती वा तलव सुबिधा केही नपाएर बाहिर सडकमा सुत्नुपर्ने अवस्थामा निजहरुलाई पठाउन र मृत्यु भएका लासहरु पठाउन पनि त्यतिबेला कम्युनिटिले पैसा उठाउनु पर्ने बाध्यत्यामक अवस्थामा थियो । उक्त समयमा आ आफ्नो जिल्लाका ब्याक्तिलाई उद्दार गर्न पनि जिल्ला संस्था खुलेका थिए ।

अहिले दूतावासमा पर्याप्त कर्मचारी रहेका छन। केही जिल्ला,जातीय, धार्मिक र बैचारिक संघ -संस्था छन र जिल्ला संस्थाहरुको प्रतिनिधित्व गरेर प्रदेश संस्था खुलेका कारण यी जिल्ला संस्था हरुको व्यवस्थापन गर्नुपर्छ ।
पत्रकारिता यस्तो कला हो जस्ले देश,समय, परिस्थिति अनुसार समयलाई केन्द्रमा राखेर सान्दर्भिक तथा लोक कल्याणकारी विबेचानात्मक प्रस्तुत गर्न सक्छ, पत्रकारिता सामाजिक परिवर्तनको साधन पनि हो ।

समाजलाई असल बाटोमा हिडाउने साधन पनि पत्रकारिता हो । त्यसै कारणले पत्रकारिता लोकतन्त्रको अभिङ्ग अङ्ग बनेको छ । हाम्रो देशले राज्यको चौथो अङ्गको रुपमा पत्रकारितालाई मानेको छ । पत्रकारीता खोज,खेल, महिला ,बाल,आर्थिक हुँदै अहिले ” पित ” पत्रकारि हुने गरेको छ ।

नेपालमा जस्तै कतारमा पनि सोसियल मिडियाहरु रहेका छन! यहाँको कानुन लाई कुनै अप्ठ्यारो नपारि समाजमा घटेका यथार्थ घटनालाई सत्यता, निष्पक्षतामा उतार्ने पत्रकार तथा मिडियाको धर्म हुनेछ ।

कतारमा रहेका नेपाली पत्रकार हरुको छाता सङ्गठन नेपाल पत्रकार महासंघ कतार शाखा हो । यहाँ ३५ जना पत्रकार हरु आबद्ध रहेको आफुले थाहा पाएको छु ! यहाँका पत्रकारहरुले सम्प्रेषण गरेका समचारहरुलाई शाखाले नियमन गर्न आवस्यकता रहेको छ । असल पत्रकारिता गर्नेलाई पुरस्कृत र समाजलाई अप्ठ्यारो पार्ने खालको पित पत्रकारीता गर्नेलाई महासंघ कतारले डण्डित गर्न सक्नुपर्छ ।
कतारको हकमा हेर्दा विशेष गरेर नेपाली संघ संस्थाले गर्ने कार्यक्रमका समचार बाहेक अरु पित पत्रकारिता गर्ने गरेको आफुले पाएको छु । यहाँ भएका कतिपय घटनालाई पनि तोडमोड गरेर बङ्गाएर पित पत्रकारिता गर्ने गर्दछन । त्यस्तै आफुले भनेको नमाने वा आफू नजिको नभएपनि यहाँ पित पत्रकारिता हुने गर्दछ ।

मन्तव्यको अन्त्यमा उनले यहाको समाज लाई असल बाटोमा हिडाउन महासंघले महत्वपूर्ण भूमिका खेल्दै यहाँका गुण र दोष दुबैको जिम्मेवारी लिनुपर्ने समेत बताए।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस