२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

प्रेम स्याङ्गताङ्ग बचाउ अभियान लाई पत्रकार महासंघ कतारको आर्थिक सहयोग

दोहा :”प्रेम स्याङ्गताङ्ग लामा बचाऔं अभियान” लाई नेपाल पत्रकार महासंघ कतार शाखाले आर्थिक सहयोग गरेको छ ।

प्रेम स्याङ्गताङ्ग बचाऔं अभियान” अन्तर्गत प्रारम्भिक चरणमा नेपाल पत्रकार महासंघ कतार शाखाको आन्तरिक कोषबाट रु. १लाख रुपैयाँ निकासा गरिएको संस्थाका अध्यक्ष करिम बक्स मियाले जानकारी गराए ।

कतार शाखाका पुर्व सहसचिव तथा तत्कालिन राजधानी साप्ताहिक कतारका संवाददाता समेत रहेका अत्यन्तै शालीन व्यक्तित्व प्रेम स्याङ्गताङ्ग लामाको दुबै मृगौला फेल
भएको कारण हाल उनी स्वास्थ्य उपचारको क्रममा छ्न ।

उनको स्वास्थ्य अवस्था सँगै आर्थिक अवस्था समेत अत्यन्तै नाजुक रहेकोले स्वास्थ्य उपचारको लागि ठूलो धनराशि आवश्यक पर्ने हुनाले सम्पूर्ण दानवीरहरुमा सहयोगको लागि हार्दिक अपिल गरिएको महासंघ कतार शाखाले जनाएको छ ।

कतारमा रहनु भएका संघ संस्था तथा सहयोगी मनहरुले सिधा वा शाखा मार्फत सहयोग गर्न समेत सक्नु हुनेछ ।

शाखा मार्फत सहयोग गर्नका लागि सम्पर्क:
१) उपाध्यक्ष – दिल कुमार श्रेष्ठ 6622 8483
२) सचिब -ढाकाराम पौडेल 5506 0253
३) कोषाध्यक्ष – दिनेश मानन्धर 3326 7154

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस