२०८१ जेष्ठ २ गते बुधवार | 2024 May 15th Wednesday

बिश्व रक्तदाता दिवसको अवसरमा कतारमा बृहत रक्तदान कार्यक्रम हुने

दोहा-बिश्व रक्तदाता दिवसको अवसरमा नेपाली रक्तदाता संघ कतारले बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ ।

नेपाली रक्तदाता संघ कतारको समन्वय कतारमा स्थापित नेपाली संघ- संस्थाहरुको संयुक्त आयोजनामा शुक्रबारका दिन “बृहत रक्तदान कार्यक्रम” को आयोजना गरिएको नेपाली रक्तदाता संघ कतारका अध्यक्ष रामजी खत्रीले जानकारी दिएका छन।

बृहत रक्तदान कार्यक्रममा आयोजक संस्था हुनको लागि कम्तीमा ५ जना रक्तदाता(रक्तदान गर्न योग्य) उपस्थित गराउनु पर्ने अध्यक्ष खत्रीले जानकारी दिए।

हालसम्म ठकुरी सहयोग सन्जाल कतार,गोरखा सेवा समाज कतार, मोरङसुनसरी सेवा समाज कतार, झापाली समाज कतार, कोशी प्रदेश समन्वय परिषद् कतार,संखुवासभा समाज कतार,नवलपरासी सेवा समाज कतार ,नेपाली महिला समाज कतार,पाल्पाली सेवा समाज कतार,लुम्बिनी प्रदेश समन्वय परिषद कतार,बागलुङ सेवा समाज कतार,धनकुटा सेवा समाज कतार, नेपाल मगर संघ शाखा कतार,तनहुँ सेवा समाज कतार,हेल्प मधेसी कतार च्याप्टर,गण्डकी प्रदेश समन्वय परिषद कतार, नेपाली श्रमिक कल्याणकारी संघ, समाजसेवा अभियान रुपन्देही,अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर ,मधेस प्रदेश समन्वय परिषद कतार,कास्की आदर्श समाज कतार, पर्वत समाज कतार, सुदुरपश्चिम समाज कतार,सर्लाही सेवा समाज कतार, स्याङ्जा सहयोग समाज कतार,नेपाली जनप्रगतिशिल मंच कतार,) नेपाली जनसम्पर्क समिती कतार, प्रवासी नेपाली मंच कतार, नुवाकोट सेवा समाज कतार, चितवन युवा समुह कतार,नेपाली समाज कतार,अन्तराष्ट्रिय नेपाली मुस्लिम समाज कतार, राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान कतार,तमु (गुरुङ) समाज कतार, रामेछाप सेवा समाज कतार,एकिकृत नेपाली प्रबासी श्रमिक सँघ कतारको आयोजकका लागि नाम उपलब्ध भएको पनि खत्रीले जानकारी दिएका छन।

मानवीय र परोकारी कार्यमा समन्वय र सहकार्यका लागि कतारमा स्थापित सम्पुर्ण संघ-संस्थालाई अध्यक्ष खत्रीले आग्रह गरेका छन्।

शुक्रबारका दिन हमाद मेडिकलको ब्लड डाेनेट सेन्टरमा हुने कार्यक्रम बिहान ८ बजे बाट सुरु हुनेछ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस