२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

शेर्पा किदुग दोहा कतारको चौथो अधिबेशन सम्पन्न

दोहा-कतारमा स्थापित जातिय संस्था शेर्पा किदुग दोहा कतारको चौथो अधिबेशन सम्पन्न भएको छ ।

“भाषा धर्म कला र संस्कृती हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो स्वाभिमान” भन्ने मुल नाराका साथ सन – २०१७ मा स्थापना गरिएको संस्था “शेर्पा किदुग दोहा कतारको अध्यक्षमा पेम्बा शेर्पालाई  निर्विरोध निर्वाचित गर्दै चौथो अधिबेशन सप्पन्न भएको हो।

अन्य कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ङवाङफुरी शेर्पा, उपाध्यक्ष- रबिन शेर्पा, महिला उपाध्यक्ष ल्हेमी शेर्पा,  महासचिव- सम्देन शेर्पा, सचिव- देन्जो शेर्पा कोषाध्यक्ष गोम्बु  शेर्पा र सह- कोषाध्यक्षमा सोनाम डाेमा शेर्पा रहेका छ्न ।

त्यसैगरि सदस्य हरुमा पेमा शेर्पा,निम् फुर्बा शेर्पा,पेम् दोर्ची  शेर्पा, दिलिप शेर्पा, लाक्पा देन्डि शेर्पा ,सुनिता शेर्पा,निमा डाेमा शेर्पा गरि १५ जनाको नयाँ कार्यसमिति बनेको हो ।

किदुग कतारका अध्यक्ष  तेन्जि शेर्पाको सभापतित्वमा संचालन भएको कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष डिएन मगरको प्रमुख आथित्यता रहेको थियो।
कार्यक्रममा जनजाति महासंघ कतारमा आबद्ध विभिन्न मातृ सङ्गसंस्थाका प्रतिनिधि, लामा गुरु, कलाकार,बुद्धिजिबी पत्रकार लगाएत शेर्पा तथा गैर शेर्पा नेपाली दाजुभाई तथा दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको थियो।

औपचारिक रुपमा संचालन भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डिएन मगरले प्रवासमा भएर पनि आफ्नो मौलिक पहिचान, जाती धर्म, संस्कार,संस्कृतिको संरक्षण सम्बर्द्धन प्रबर्द्धनमा शेर्पा किदुग दोहा कतारले उल्लेखनीय भुमिका खेलेको भन्दै  प्रशंसा गरेका थिए।

जातीय पहिचानको निम्ति एकजुट हुनुपर्ने आवश्यकता रहेको औंल्याउदै, नयाँ बन्ने कार्यसमिति अब्बल र सफल बनोस भन्दै आफ्ना मन्तव्य राखेका थिए ।एनसिसि कतारका प्रथम उपाध्यक्ष जैबी चाम्लिङ राइले पनि आफ्नो शुभकामना मन्तव्य राख्दै नयाँ बन्ने कार्यसमिति प्रती आफ्ना सुभकामनाका भनाइ हरु राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष ङवाङ फुरि शेर्पाले राखे भने कार्यक्रम र संस्था किन स्थापना गरियो र यस्का उदेश्यका बारेमा संक्षिप्त जानकारी उपाध्यक्ष रबिन शेर्पाले प्रष्ट पारेका पारेका थिए ।

कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउनको लागि स्थानिय कलाकारहरु देन्जो शेर्पा,सुनिता शेर्पा,सम्देन शेर्पा,डाेमा शेर्पा,आङ् लाक्पा शेर्पा, अनिता तामाङ लगायतका कलाकार हरुले शेर्पा मौलिक सेर्बु नृत्य, नेपाली लगायत अरु नृत्य तथा गायन पस्किएका थिए ।

महासचिव पेम्बा शेर्पाले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति तेन्जि शेर्पाले किदुग कतारले गरेका विभिन्न कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताए ।

आफ्नो कार्यकाल अवधीभर साथ सपोर्ट तथा अधिबेशन लाई सफल तुल्याउन  निमन्त्रणालाई स्विकारेर कार्यक्रममा पाल्नुहुने सम्पुर्णमा धन्यवाद प्रकट गर्दै खुल्ला सत्र कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस