२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

कतारमा तेस्रो बृहत डम्फु साँझ कार्यक्रम सम्पन्न

दोहा-नेपाल प्रवासी तामाङ समाज कतारको आयोजनामा एतिहासिक तेस्रो बृहत साँगितिक डम्फु साँझ कार्यक्रम सम्पन्न भएको छ । दोहा स्थित रेजेन्सी होटलको सभाहलमा  भव्य एवंम सभ्यताका साथ सु-सम्पन्न भएको छ ।

शैक्षिक बिकास कोषको प्रवर्द्धन तथा तामाङहरुको मौलिक बाजा “डम्फू ” लाई विश्व सामु चिनाउन, संरक्षण गर्न र डम्फूको इतिहास र महत्वबारे बर्तमान पुस्तालाई बुझाउन,भावी पुस्तालाई हस्तान्तरण गर्ने हेतुले डम्फू साँझ कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।

डम्फु साँझमा चर्चित गायक एवं संगीतकार उर्गेन दोङ, सेलो गायक तथा संगीतकार बैरागी मोक्तान र म्हेन्दोमाया गायिका तथा आरजे सविना तामाङ लगायत स्थानिय कलाकारहरूको विशेष बेजोड प्रस्तुती रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आफुले एनसिसि कतारको नेतृत्व ४ बर्ष सम्म गरेको र यो अवधीमा नेपाली समुदायको  हक,हितको लागि कुनै कसुर नराखेको बताए।

सन :२०२२ मा कतारमा भएको वर्डकपमा नेपाली समुदायको तर्फबाट साँस्कृतिक प्रस्तुतिबाट बिश्वलाई चिनाउने र अन्य कार्यक्रममा प्रस्तुति दिने कलाकार लाई सम्मान कार्यक्रम राखिएको बताउदै सबैजनालाई उपस्थितिको निम्ति आग्रह गरे।

प्रमुख अतिथि जनजाती महासंघ कतार अध्यक्ष डिएन मगरले मन्तव्य राख्दै नेपाल बहुजाती, बहु साँस्कृतिक, बहु धार्मिक देश हो,भेषभुसषा र संस्कृतिका धनी रहेका बताए ।  बिश्वका जुनसुकै देशमा रहेरपनि तामाङ जातीले आफ्नो धर्म,सस्कृार, रितिरिवाज, परम्परा, भाषा,संस्कारलाई जिबित राख्न सकेको बताउदै कार्यक्रम सफलताको कामना गरे ।

संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति सुबास तामाङले तामाङ समाज कतार स्थापना काल देखिनै आफ्नो समुदायको परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढीकरणका लागि समर्पित हुँदै आएको बताएहामीले समुदायको शैक्षिक विकास लागि “शैक्षिक विकास कोष” स्थापना गरेका छौं। उक्त कोष मार्फत आफ्नो समुदायका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छौं, यस कार्यलाई निरन्तरताका लागि शैक्षिक विकास कोष प्रवर्द्धन तथा वृद्धि आवश्यक परेको हुनाले तेस्रो डम्फु साँझ कार्यक्रमको आयोजना गरिएको बताउदै उपस्थिति सम्पुर्ण धन्यवाद प्रकट गर्दै औपचारिक कार्यक्रमको समापन गरेका थिए ।

तामाङ समाज कतारका प्रमुख लामा गुरु गुर्व लामाले पुजा गर्दै अगाडि बढेको कार्यक्रममा महिला उपाध्यक्ष अस्मिता घिसिङ तामाङको स्वागत मन्तव्य, संस्कार बिभाग प्रमुख सबिन तामाङले डम्फुको बारेमा बताए ।

शैक्षिक बिकास कोषका संयोजक नर घिसिङ तामाङले   शैक्षिक बिकास कोषको प्रवर्द्धन तथा तथा योजना बारेमा प्रष्ट पारे । पहिलो चरणको औपचारिक कार्यक्रमको संचालन महासचिव आशिस मोक्तान तामाङले गरेका थिए ।

दोस्रो चरणको सांगीतिक कार्यक्रममा स्थानिय कलाकार हरु कलाकार बिभाग प्रमुख तथा गायक कुमार ओख्रेली, शृस्टि लामा,जङ्गे लोप्चन,अभि पुरि,सिर्चेन तामाङ, एस बि. मोक्तान,माया थोकर, सुर्य लामा,सरला तामाङ,मोइराम तामाङ लगायतले तामाङ समुदायको जीवन्त डम्फु र टुङना जस्ता, म्हेन्दोमाया, लोक मौलिक बाजा सहितको संगीत, नृत्यहरु प्रस्तुत गरिएको थियो ।

अतिथि कलाकार बैरागी मोक्तानले नेपाल आमाले पठाउनु भएको र आफुले बोकेर ल्याएको कोसेली भन्दै तामाङ समाज कतारलाई डम्फु चिनो प्रदान गरेका थिए।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस