२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

एनसिसि कतारलाई प्रश्नैप्रश्न जवाफको प्रतीक्षामा कतारको नेपाली समाज

दोहा । एनआरएनए एनसिसि कतारको दशौ अधिवेशनको पुर्व सन्ध्यामा एनसिसि कतार विभिन्न कार्यमा विवादित बन्दै आएको छ। तेस्रो भेला पछि गर्भमा रहेका रहस्य सतहमा आउदै गर्दा एनसिसि कतारलाई प्रश्न प्रश्नले घेरेको छ । तेश्रो भेलामा उठेका सवाल जवाफ कहाँ कसरी मिलायो, एनसिसिले औपचारिक जानकारी दिएन तर अन्तरिक सहमति मै सबै कुरा टालटुल पार्‍यो ।
बर्तमान समितिलाई भने सहमति नभए पेलेरै भएपनी जाने आरोप लाग्दै गर्दा पछिल्लो घटनाक्रमलाई नै हेर्ने हो भने झन पेचिलो बनेको छ । फुटेर दुई भएको एनआरएन आईसीसी सहमति पुगे पछि कतारमा पनि सहमत र समझदारी नभएको गुनासो सहित कुवँर समुहले असन्तुष्टि जनाउँदै बिज्ञप्ति नै जारी गर्यो, तर त्यस पनि कुनै सुनुवाइ भएन ।
फेरि पुर्व प्रथम उपाध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले कार्यसमितिले आर्थिक हिनमिना गरेको आशंका गर्दै एनसिसिको कार्यसमितिको ग्रुप तथा संघसंस्था ग्रुपमा आफ्नो धारणा राखे पछि विवाद सतहमा छताछुल्ल भएको छ ।
एनसिसिका प्रमुख सल्लाहकार गुरुङले उठाएका बिषयमा आईएलओले दिएको अनुदान सहयोग रकमको हरहिसाब प्रष्ट नभएको जिकिर गरेका छन । उनले एनसिसिको कोषमा रहेको रुपैयाँ पैसा पनि ब्यक्तिगत रुपमा व्यापारिक प्रयोजनमा लगानी गरेको आरोप लगाउदै कस्ले कति लाभ लिएको छ भनेर प्रश्न गरेका छन् । साथै परिषद सदस्यता कुनै जानकारी बिना पास, डकुमेन्टेशनमा मनमर्जी लगाएत बिषयमा कुरा उठाउदै एनसिसिले जवाफ सहित प्रेसमिट गर्न गम्भीर ध्यानाकर्षण गराएका छन ।
त्यस्तै एफएनजेका अध्यक्ष तथा एनसिसिका सल्लाहकार करिमबक्स मियाँले सामाजिक संजालबा प्रमुख सल्लाहकार गुरुङ आफू कार्यसमितीको प्रथम उपाध्यक्ष हुदा सतहमा आएको बिषय रहेको तर यतिका समय सम्म किन चुप बसेको भनेर प्रतिप्रश्न गरेका छन। साथै आउने २०२३ – २५ कार्यकालको प्रत्यासी उमेदवारको आकान्क्षी बजारी हल्ला सुनेको हुँदा अधिवेशन पुर्वसन्ध्यामा एनसीसी कतारभित्रको आर्थिक बेतिथीबारे बोल्छु भनेर अगाडी आउनु भनेको देखिने र नदेखिने के स्वार्थ होकि भनेर शंका व्यक्त गरेका छन । यहि बिषयलाई लिएर समाजका प्रमुख तथा प्रतिनिधिहरुले पनि एनसिसि कतारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन ।

प्रकाशित मिति : २०८० असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस