२०८१ असोज १ गते मङ्गलवार | 2024 September 17th Tuesday

एनआरएनए कतार २०२३-२०२५ : कोषको जिम्मा दुई गुल्मेलीलाई

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारको आगामी (२०२३- २०२५ ) को कार्यकालको कोषको जिम्मा लिने अवसर  दुई गुल्मेलिलाई परेको छ l गत बिहिबार र शुक्रबार भएको निर्वाचनमा  बिजयी भएका गुल्मीका दुई युवालाई कोषको जिम्मा आई परेको हो l

निर्वाचनबाट कोषाध्यक्षमा बुद्द्द पाण्डे र  सह-कोषाध्यक्षमा झबिद्र आचार्य निर्वाचित भएका छन् l  कोषाध्यक्षका प्रतिद्धन्दि सन्तोष रेग्मीलाई ७ सय ९९ मतले पराजित गर्दै पान्डे निर्बाचित भएका हुन । पान्डेले ३ हजार १ सय ९ मत ल्याउँदा रेग्मीले २ हजार ३ सय १० मत पाएका थिए  । त्यस्तै सह-कोषाध्यक्षका प्रतिद्धन्दि पदम बहादुर रानाभाटलाई ९सय ९२ मतले पराजित गर्दै आचार्य निर्बाचित भएका हुन । आचार्यले ३ हजार २ सय ९६ मत ल्याउँदा भाटले २ हजार ३ सय ४ मत पाएका थिए ।

अगिल्लो कार्यकालको उत्तरार्द्धमा आर्थिक पाटोको बेथितिमा रुमलिएको एनआरएनए कतारमा सबै भन्दा चुनौती नै आर्थिक पारदर्शीता रहेको छ जसमा अहिलेको नयाँ कार्यसमितीमा गुल्मीका दोय पाण्डे र आचार्यले कोषको पारदर्शीता नै आफुहरुको प्रमुख एजेण्डा रहेको बताएका छन् l

 

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस