२०८२ भाद्र ३१ गते मङ्गलवार | 2025 September 16th Tuesday

प्रवासी भुजेल समाज कतारले १३ औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गदै

दोहा– प्रवासी भुजेल समाज कतारले आफ्नो १३ औँ स्थापना दिवस तथा चेलीबेटी भेटघाट कार्यक्रम गर्ने भएको छ ।

“भुजेल जातिको बिकास र उन्नतिको आधार सास्कृतिक चेतना शिक्षा र रोजगार” भन्ने मुल नाराका साथ कतारमा सन् २०१० देखि स्थापना भएको समाजले आफ्नो १३ औ स्थापना दिवस तथा चेलिबेटी भेटघाट कार्यक्रम गर्ने भएको हो ।

कतारको ग्रान्ड मलस्थित वेलफेयर रेष्टुरेन्टको  सभाहलमा आगामी १५ सेप्टेम्बर शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष युवराज भुजेलले जानकारी दिएका छन् ।

भुजेलले कार्यक्रममा कतारमा कार्यरत भुजेल दाजुभाई तथा दिदिबहिनी साथै गैर भुजेल दाजुभाई दिदिबहिनीहरूलाई पनि उपस्तिथिको लागि अनुरोध समेत गरेका छन्।

प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस