२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

प्रवासी भुजेल समाज कतारले मनायो उभौली पर्व

दोहा-प्रवासी भुजेल समाज कतारले आफ्नो मौलिक चाड उभौली ( प्हुगाल पारिम) मनाएको छ ।

शुक्रबार नज्मामा रहेको गोर्खा रेस्टुरेन्टमा ” सुर्य, वायु, जल, जङ्गल, जमिन गरि ५ वटा चिजहरुको पुजा आराधना गरि समाजले आफ्नो मौलिक चाड उभौली ( प्हुगाल पारिम) मनाएको हो।


“भुजेल जातिको बिकास र उन्नतिको आधार साँस्कुतिक चेतना शिक्षा र रोजगार ” भन्ने मुल नाराको साथ प्रवासमा २०१० मा स्थापित जातीय संस्था प्रवासी भुजेल समाज कतारले उभौली पर्व ( प्हुगाल पारिम) आन्तरिक रुपमा मनाइएको हो ।

समाजका उपाध्यक्ष श्रीमान भुजेलको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सन्तोस भुजेलले स्वागत गरेको कार्यक्रमको महासचिव दुर्गा भुजेलले सहजीकरण गरेका थिए।

कतारलाई कर्म थलो बनाई बस्ने भुजेल दाजुभाइ दिदिबहिनी हरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा  समाजका संरक्षक शिव कुमार भुजेले ” पुजा रामेको भुमिका निर्वाह गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस