२०८२ भाद्र ३१ गते मङ्गलवार | 2025 September 16th Tuesday

कतारमा ठुटे राजनीति धेरै भयो-महामहिम डाक्टर ढकाल

दोहा – नेपाली राजदूतावास कतारका महामहिम डाक्टर नरेशविक्रम ढकालले कतारमा राजनीति धेरै भएको बताएका छन।

डाक्टर ढकालले कतारमा नेपाली समुदायमा हुने हरेक कार्यक्रममा राजनीति हुने गरेको बताएका हुन।

नेपाली रक्तदाता संघ कतारको तेस्रो अधिबेशनलाई सम्बोधन गर्ने क्रममा उनले कतारमा रहेका नेपाली समुदायलाई राजनीति कम गरेर यहाँ रहेका सम्पूर्ण नेपालीहरुलाई मिलेर अधि बढ्न सुझाव पनि दिएका छन।

प्रवासमा आफ्नै दाजुभाई दिदीबहिनी सँग ठुटे राजनीति गरेर केहि नपाईने भन्दै ढकालले कतारमा ठुटे राजनीतिले नेपाली समुदायमा फाटाे ल्याएको बताए।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस