२०८१ साउन २ गते बुधवार | 2024 July 17th Wednesday

गगन थापा कतार आउँदै

दोहा-नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा कतार आउने भएका छन।

नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।

अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका गगन विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् ।

नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफू लगायत केही युवा नेताहरूको साथमा देश दौडाहामा लागेका गगन पछिल्लो समय अमेरिका युरोप र मध्यपूर्वका देशहरुमा समेत नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।

आउँदो शुक्रबार ओल्ड सलातामा रहेको प्लाजाइन सभाहालमा हुने कार्यक्रममा केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर तथा मध्यपूर्वका जनसम्पर्क समितिका सभापतिहरू समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले बताएका छन् ।

कार्यक्रममा कतारमा रहेका सामाजिक संस्थाहरू वैचारिक संस्थाहरू पत्रकार बुद्धिजीवी सामाजिक अभियान्ता लाई निमन्त्रणा गरिसकिएको छ ।

साथै कतारमा रहेका नेपाली कांग्रेस का आस्थावान तथा युवा त नेता गगन थापा लाई सुन्न प्रश्न गर्न चाहने सम्पूर्ण नेपाली हरुलाई सार्वजनिक निमन्त्रणा गर्दै कार्यक्रममा आमन्त्रण गरिएको छ।

जनसम्पर्क समितिका महामन्त्री केदार भुसालका अनुसार कार्यक्रम दिनको ठीक १२ बजे सुरु हुने र कार्यक्रममा महामन्त्री गगन थापा साथै केन्द्रीय सदस्य दोय किरण पौडेल र नैन सिंह महरको विशेष सम्बोधन रहनेछ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस