२०८१ माघ १३ गते आइतवार | 2025 January 26th Sunday

नवनियुक्त राजदूत पौडेल आएपछि  राहदानी नवीकरणमा सहजता

दोहा । कतारका लागी नवनियुक्त महामहिम राजदूत रमेश चन्द्र पौडेल आएको केही हप्तामा राहदानी नविकरणमा सहजता देखिएको छ ।  नवनियुक्त महामहिम  पौडेलको   पहलमा लामो समय सम्म पनि नविकरणको समस्या भएकाहरुका लागी  WhatsApp  मार्फत   मिति नाघेका सेवाग्राहीलाई दुताबास आफैंले फर्म भरिदिने सुविधा र  सकिन केही दिन महिना रहेकाको हकमा फर्म भर्ने समय परिवर्तन गरेपछि  सहज देखिएको हो ।

आज जनवरी ८ तारिक। राहादानी  नविकरण  फारम भर्ने समय बिहान ९:१७ बजे देखि करिब १२ बजे सम्म खुल्ला थियो ।  विगत  लामो समय देखि देखिएको राहदानी नविकरण समस्या आज केही हद सम्म सहज देखिएको छ ।  नेपाली दूतावास कतार (Embassy of Nepal, Doha, State of Qatar) बाट यो  समाधान नै हुँदैन यो असम्भव जस्तो गरेर गुज्रीरहेको थियो ।

नवनियुक्त दुतावास पौडेल आउने बित्तिकै देखिएको सहजता  कसरी  सम्भव भयो पहिले  किन हुन सकेन भन्ने आम जनमासमा चासोको बिषय बनेको छ ।  जे  जस्तो भए पनि आज कतारमा रहेका सम्पूर्ण मजदुरहरुले आफ्नो राज्यबाट पाउने न्यूनतम सुविधा पासपोर्ट नवीकरण गर्न सहज वातावरणको सृजना भएको छ । छिटै दुतावासको दराजमा लामो समय देखि रहेका  नवीकरण भएका राहदानी  वितवरण गर्ने  सहज वातावरण बनाउन सके अफ्ठ्यारो परेका श्रमिकहरुले राहत महसुस गर्ने थिए ।

 

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस