
दोहा : बागलुङ सेवा समाज कतारको संरक्षणमा स्थापित, बागलुङ सेवा समाज कतार, बहुउद्देश्यीय अक्षयकोष”को प्रथम अधिवेशन सहित विविध साङ्गितिक कार्यक्रममा सांगीतिक प्रस्तुति दिन अतिथि कलाकार युवा लोक तथा दोहोरी गायक रेशम निर्दोष र नवप्रतिभा सिम्रन परियार दोहा आइपुगेका छ्न ।
कलाकार द्वयलाई स्वागत गर्नको लागि समाजका अध्यक्ष निराजन गौतम,प्रमुख सल्लाहकार तथा अक्षयकोष तदर्थ समितिका संयोजक सन्तोष पौडेल,टेक रसाइली,हेम सुबेदी लगायतका व्यक्तित्वहरु कतारको हमादअन्तर्राष्ट्रिय बिमानस्थलमा पुगेका थिए ।
आउँदो अप्रिल १८ तारिख, शुक्रबार होटेल होलिडे भिल्ला दोहामा हुँने कार्यक्रममा अतिथि कलाकार द्वय रेशम र सिम्रनले बिमानस्थलबाट आफू कतार आईपुगेको जानकारी दिदै दोहाबासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लगायत दोहामा स्थापित सम्पुर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिको लागी अनुरोध समेत गरेका छ्न ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल पनि कतार आउने अधिवेशन संयोजक रमेश भट्टले जानकारी दिए।।
अक्षयकोषका लागि हालसम्म ५५ लाख भन्दा बढी रकम संकलन भइसकेको र यसलाई एक करोड पुर्याउने लक्ष्यसहित अभियान र अधिवेशनको तयारीलाई तीव्रता दिइएको अक्षयकोषका तदर्थ समितिका संयोजक सन्तोष पौडेलले बताए।
बागलुङ सेवा समाज कतारका अध्यक्ष निरन्जन गौतमका अनुसार बागलुङ जिल्लामा कोही पनि बालबालिका आर्थिक भावका कारण शिक्षाबाट वञ्चित हुन नपरोस्, जिल्लाका कुनै पनि नागरिक औषधि उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने नै मुख्य उद्देश्यले कोषको स्थापना गरिएको बताए ।
गौतमले हरेक जिल्लाबासी बरावर एकहजारको दरले रकम संकलन गर्न सकियो भने “बहुउद्देश्यीय अक्षयकोष” को सपना साकार गर्न सकिने समेत बताए ।
कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुगेको, निःशुल्क प्रवेश गर्न सकिने र अधिवेशनलाई सफल बनाइदिन बागलुङबासी र दोहामा रहेका सबैलाई उपस्थितिको लागि गौतमले आग्रह गरेका छन्।