दोहा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ स्याङ्गजा सहयोग समाज कतारले एक बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वय तथा स्याङ्गजा सहयोग समाज कतारको मातहतमा रहेका विभिन्न इकाई तथा विभागहरुको सह-आयोजनामा यो पुण्य कार्य सम्पन्न हुन लागेको हो।
संस्थाले कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्थाका प्रमुखहरु, सामाजिक अभियन्ताहरु, व्यवसायीहरु, कलाकारहरु, पत्रकारहरु साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई यस रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी पुण्य कार्यमा सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरेको छ।
कार्यक्रमको विवरण यस प्रकार रहेको छ:
* स्थान: हमाद हस्पिटल (ब्लड डोनर सेन्टर)
* मिति: १८ जुलाई २०२५, शुक्रबार
* समय: बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म
रक्तदाताका लागि महत्त्वपूर्ण जानकारी:
रक्तदान गर्न इच्छुक व्यक्तिहरूले निम्न कुराहरूमा ध्यान दिनु पर्नेछ:
१. रक्तदाता रक्तदान गर्न आउँदा आफ्नो कतारी आईडी वा लाईसेन्स वा हेल्थकार्ड अनिवार्य बोक्नुपर्नेछ।
२. रक्तदाता कतार प्रवेश गरेको ४ महिना पुरा भएको हुनुपर्नेछ।
३. यदि पहिले रक्तदान गरेको भए २ महिना (६० दिन) पुरा भएको हुनुपर्नेछ।
४. रक्तदाता कम्तीमा ८ घन्टा सुतेको, कुनै पनि एन्टिबायोटिक औषधि सेवन नगरेको र पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ।
५. रक्तदाताको उमेर १८ देखि ६५ वर्ष हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ।
६. रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थ्यकर्मीबाट निर्धारण गरे बमोजिम हुनेछ।
थप जानकारीका लागि संस्थाका पदाधिकारीहरू घनश्याम अर्याल (सम्पर्क: ५११०४५३३), रोशन अर्याल (सम्पर्क: ७०६६५६४४), शिबराम ढकाल (सम्पर्क: ६६०२९१२३), टेक गैरे (सम्पर्क: ३३०९०७०७), नगेन्द्र रिमाल (सम्पर्क: ३०७०४९३५) र लोकेन्द्र सिग्देल (सम्पर्क: ५०९७११३३) लाई सम्पर्क गर्न सकिनेछ।
स्याङ्गजा सहयोग समाज कतारका अध्यक्ष घनश्याम अर्यालले यस कार्यक्रमलाई सफल बनाउन सबैको सक्रिय सहभागिताको अपेक्षा राखेका छन्।