२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न(फोटो फिचर सहित )

दोहा-लुम्बिनी प्रदेश समन्वय परिषद कतारको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लुम्बिनी प्रदेशको “पाचौं वार्षिकत्सव तथा छैठौं स्थापना दिवसको” अवसरमा नेपाली रक्तदाता संघको समन्वयमा रक्तदान कार्यक्रम सप्पन्न भएको  हो ।

हमाद हस्पिटलमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चलेको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।

लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रममा आयोजक संस्थाका प्रतिनिधि,कतारमा स्थापित सामाजिक, वैचारिक तथा जातीय संघ संस्थाक प्रतिनिधि,पत्रकार, बुद्धिजीवी, समाजसेवी, व्यवसायी लगायत १ सय ४४ जनाको उपस्थित रहेको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको कार्यक्रममा रक्तदाताहरु लाई  प्रसंशा पत्र समेत प्रदान गरिएको थियो।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस