२०८३ साउन १८ गते सोमवार | 2026 August 3rd Monday

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष पोख्रेल र सदस्य काफ्ले दोहामा

दोहा – नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल बुधबार कतार आईपुगेका छन् ।

आगामी २ फ्रेब्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न हुन गैईरहेको महासंघ अन्तरगत कतार शाखाको आठौं अधिवेशन सम्बोधन गर्न पोख्रेल कतार आएको अधिवेशन संयोजक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

पोख्रेल संगै महासंघका केन्द्रिय सदस्य एवं मोफसलका वरिष्ठ संचारकर्मी प्रदिप काफ्ले समेत अधिवेशनलाई सम्बोधन गर्न आईपुगेका छन ।

शाखाका अध्यक्ष करिम बक्स मियाँको नेतृत्वमा स्वागतका लागि हमाद अन्तर्राष्ट्रिय हवाई अड्डामा आएका संचारकर्मी एवं पोख्रेलका जिल्लावासीलाई संक्षिप्त सम्बोधन गर्दै शाखाको निमन्त्रणामा पुनः कतार आउन पाएकोमा खुशी व्यक्त गर्दै भने, “शाखाको अन्त्यतै ठूलो पर्व मानिने अधिवेशनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न पाउनु र कतारमा सकृय संचारकर्मी एवं सामाजिक अभियन्ता तथा नेपाली समुदाय संग सात्क्षात्कार हुने अवसर दिएकोमा शाखा परिवारलाई हार्दिक आभार व्यक्त गर्दछु ।’

 २०२४–२०२७ कार्यकालका लागि हुन गइरहेको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको शाखाका अध्यक्ष करिम बक्स मियाले जानकारी दिदै भने, ‘निर्वाचन समिती र तयारी समितिले आफ्नो तयारी पूरा भएको जानकारी दिनुभएको, नयाँ कार्यसमिति छनौट प्रक्रियाको अन्तिम नामावली समेत आईसकेको छ, अब औपचारिक घोषणा हुन बाँकी छ ।’

 

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस