२०८३ भाद्र १५ गते सोमवार | 2026 August 31st Monday

नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा श्रेष्ठ

दोहा – नेपाल पत्रकार महासंघ कतार शाखाको आठौं अधिबेशन सम्पन्न भएको छ ।

दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गर्दै शाखाको आठौं अधिबेशन सम्पन्न भएको हो।

कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष कुमार अविरल रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरूमा उद्भव बहादुर मगर, टेकराज थापा, सन्तोष केसी र सावित्रा शर्मा रहेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन महासंघ कतार शाखाका अध्यक्ष करिम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो ।


अधिवेशनमा महासंघका केन्द्रीय सदस्यहरु प्रदीप काफ्ले, ज्ञान प्रसाद पौडेल, नेपाली दूतावास कतारका नियोग उपप्रमुख कुमार राई, एनआरएनए आइसीसी, एनसीसी कतार, वैचारिक संस्थाका प्रमुखहरुको विशेष आतिथ्यता रहेको थियो।

 

नेपाली राजदूतावासको सभा हलमा सप्पन्न कार्यक्रमको संयोजक दिल कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेको अधिवेशनलाई सचिव अर्जुन पौडेलले सहजिकरण गरेका थिए।

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस