२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

नेपाल पत्रकार महासंघ कतारद्वारा सिद्धिकि सम्मानित

दोहा-नेपाल पत्रकार महासंघ कतार शाखाको १७ औँ स्थापना दिवसको अवसरमा कतारका पत्रकार असरफ सिद्धिकिलाई सम्मान गरेको छ।

कतारबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक पत्रिका दि पेनेन्सुयलाका सिनियर (७० वर्षीय) पत्रकार सिद्घिकीलाई दोसल्ला ओढाएर ताम्र पत्रद्वारा सम्मान गरेको हो।

पत्रकार महासंघको १७ औ स्थापना दिवसमा उनलाई सम्मान गरिएको थियो । लामो समयदेखि पत्रकारिता क्षेत्रमा रहेका पत्रकार सिद्धिकिले आफुलाई गरेको सम्मानको कदर गर्दै नेपाली पत्रकारहरुले कतारमै रहेर पनि यहाँको निति, नियमका बारेमा सबै समक्ष उजागर गरिरहेको बताए ।

उनले नेपाली समाजमा भईरहेका गतिविधिलाई समाजमा ल्याईने अथवा उजागर गर्ने काम पत्रकारहरुले गरेको बताए।

नेपाली राजदूतावास कतारका महामहिम राजदुत डाक्टर नरेश बिक्रम ढकाल प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष करिम बक्स मियाको सभापतित्व सम्पन्न कार्यक्रमको सन्चालन  सचिव अर्जुन पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस