२०८१ कार्तिक ५ गते सोमवार | 2024 October 21st Monday

राजनीति गर्ने भए नेपाल आउनुस : मन्त्री श्रेष्ठ

तिलु शर्मा पौडेल
दोहा कतार – नेपाली राजदुतावास कतार र गैरआवासीय नेपाली संघ कतारको संयुक्त आयोजनामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सङ्गको अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । दुवइ तथा गणतन्त्र सिसेल्सको भ्रमण सकेर आइतबार कतार आएका मन्त्रि संग कतारमा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा अन्तरक्रिया कार्यक्रम गरेका हुन् l

 

सहभागीहरुले प्रतिनिधि रूपमा मन्त्री समक्ष आ-आफ्नो गुनासो, प्रश्न एवं सुझाव राखेका थिए । सहभागिहरुको सुझावलाई मनन गरी जवाफ दिदै आफू सदैव प्रवासमा रहेका मजदुरको हितमा काम गर्न तत्पर रहेको भन्दै आफुले मन्त्रालय समालेको छोटो समयमा केही राम्रा कामको शुरूवात गरेको र आगामी दिनमा थप सुधार गर्न बताए । काम गर्ने इच्छा हुँदा हुँदै कानुनी र प्रक्रियागत कामले केही समय लाग्ने भन्दै निकट भबिस्यमा नै वैदेशिक रोजगारमा आउने कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडने, सातै प्रदेशमा श्रम स्वीकृति गर्ने बाताबरण बनाउने, बिदेश आउने प्रक्रियामा रहेको झन्झट रहित बनाई कम्तिमा १५ दिनमा बिदेश आईपुग्ने वातावरण बनाउने , महिला कामदारलाई दक्ष बनाएर सुरक्षित रोजगारीमा पठाउने लगाएतका काम गर्ने प्रतिवद्दता व्यक्त गरेका थिए ।

 

कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले कतारमा बसेर राजनितिक नगर्न आग्रह गरेका छन । उनले राजनिति गर्ने भए नेपाल फर्कन र बैसाख ३० मा हुने चुनावमा भाग लिन आग्रह गरे । उनले नेपालीले नेपालीलाई अति नै दुख दिन गरेको आफुले पाएको बतॉउदै कतारमा छु भनेर मख्ख नपर्न चेतावनी दिए । कसैले कसैलाई कहिँ पनि दुख दिन नपाईने हुदॉ प्रवासमा दुख दिने नेपाली जो कसैलाई सरकार तथा आफुले माफ नगर्ने बताए । दुबई भ्रमणको स्मरण गर्दै मन्त्रि श्रेष्ठले भिजिट भिसामा लगेर अलपत्र पारेकाहरुलाई ईन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेर भए पनी नेपाल लगेर कारबाही गर्ने तयारी थालेको बताए । उनले नेपाली दुतावासबाट हुने डिमान्ड प्रमाणीकरण अब सिधै दूतावासबाट एक किलिक्मा मन्त्रालय पुग्ने गरी ब्यबस्था गरिने बताए l

भ्रमणको क्रममा कतारका श्रम मन्त्री सङ छलफल भएको बताउदै श्रेष्ठले “सन् २००५ देखिको श्रम सम्झौतालाई मजदुरको हकहितमा परिमार्जन गर्न आवश्यक छ यसकोलागी कतार सरकार सकारात्मक देखिएको छ , केही समय पछि कतारको प्रतिनिधि मन्डललाई नेपालमै बोलाएर श्रमिकले तत्काल अनुभुती गर्ने गरि द्विपक्षीय सम्झौता हुन्छ “।

कार्यक्रममा एनआरएनए एनसीसी का अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले स्वागत मन्तब्य राखेका थिए भने दोहा स्थित संघ संस्थाका प्रतिनिधि मार्फत प्राप्त सल्लाह, सुझाव कामदारका समस्या र सरकारले गर्नुपर्ने काम बारे समेटी तयार पारिएको ज्ञापन पत्र मन्त्री श्रेष्ठलाइ बुझाएका थिए ।

कार्यक्रममा नेपाली राजदुतावास परिवार, कतारमा क्रियाशिल सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो l नेपाली राजदूतावास कतारका कार्यबाहक राजदुत लक्षमण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकराज अर्याल, कतार सरकारका प्रतिनिधिले समेत सम्बोधन गरेका थिए । कार्यक्रमलाइ सहजीकरण संघका महासचिव पदम गिरिले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस