२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

कतारमा नेपाली समुदायको विश्वकर्मा पुजा (फोटोफिचर सहित)

दोहा -विश्वकर्मा बाबाको पूजा आराधना सहित शुभकामना आदानप्रदान कार्यक्रम गर्दै कतारका  नेपाली समुदायले पनि विश्वकर्माको पुजा मनाएका छन।

गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार र बिस्वकर्मा सेवा समाज कतारको संयुक्त आयोजनामा कतारका नेपाली समुदायले पनि विश्वकर्माको पुजा मनाएका हुन।

पुजारी पंकज बि.कले विधिपूर्वक भगवान बिस्वकर्माको पुजा गरेका थिए भने उपस्थित जनले टीका तथा प्रसाद ग्रहण गरेका थिए । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाइन्छ ।

आजका दिनसम्म  कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

संघका अध्यक्ष रमेश भट्टको सभापतित्वमा, नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुबेदिको प्रमुख आथित्यमा र दोहामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख विश्वकर्मा समाजका निर्वतमान अध्यक्ष प्रेम कुमार बिस्वकर्मा,एनआरएनए आइसिसि सह- कोषाध्यक्ष होमनाथ सर्मा, आइसिसि सदस्य श्री कृष्ण भट्टराई,प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रियका उपसचिव चानख पोख्रेल, नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी, पुर्व आइसिसि सदस्य हंसराज ढकाल,किरण परियार, मायाँ केसी,राज देवकोटा लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि सुबेदीले आफ्नो मन्तव्य राख्दै सार्बजनिक पदको जिम्मेवार लिएपछि पहिलोचोटि बिश्वकर्मा पुजामा उपस्थिति जनाउन पाँउदा खुशी प्रकट गर्दै आयोजक संस्थालाई धन्यवाद प्रकट गरेका थिए।

सुबेदीले भगवान विश्वकर्माको महत्वको बारेमा बताउदै जहाँको श्रमबाट देश बाचेको छ, देशलाई टाट पल्टिन बाट जोगाउन, बचाउने मेसिन हरु सबै भगवान बिश्वकर्माको देन रहेको भन्दै  विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिने बताउदै, आगामी दिनमा भब्य उपस्थितिमा विश्वकर्मा पूजा कार्यक्रम गर्न पाइयोस भन्दै शुभकामना व्यक्त गरे ।

संघका सचिव सन्तोष क्षेत्रीले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भट्टले विश्वकर्मा पूजामा बाक्लो उपस्थिति भन्दापनि कार्यक्रमको उदेश्य अनुरुप गरिएको भन्दै ड्युटिको समयमा पनि उपस्तिथि जनाउने सम्पुर्ण प्रती आभार प्रकट गर्दै समापन गरेका थिए

विश्वकर्मा समाज कतारका अध्यक्ष सेवक विश्वकर्माले स्वागत मन्तव्य सहित कार्यक्रमको उदेश्य बारेमा बताए भने अजय बि.कले पुजा व्यबस्थापन गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस