२०८१ कार्तिक ६ गते मङ्गलवार | 2024 October 22nd Tuesday

कतार एक्स्पो २०२३ आजबाट शुरू,नेपाल सहित ८८ देश सहभागि

दोहा – कतार एक्स्पो २०२३ आजबाट शुरू भएको छ।कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले कतार एक्स्पो २०२३ को उद्दघाटन गरेका छन।

हरियो मरुभुमी राम्रो वातावरणको नाराका साथ अल बिद्दा पार्कमा शुरू भएको प्रदर्शनी आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलो पटक कतारले आयोजना गरेको हो।

आजबाट शुरू भएको एक्स्पो २०२३ सन् २०२४ को मार्च २८ सम्म चल्नेछ।भोलिदेखि सर्वसाधारणको लागि खुला गरिने एक्स्पोमा संयूक्त अरब इमिरेट्सका राष्ट्रपति एचएच शेख मोहम्मद बिन जायद अल नाह्यान, उज्वेकिस्तान गणतन्त्रका राष्ट्रपति महामहिम शावकत मिर्जियोयेभ,जिबूती गणतन्त्रका राष्ट्रपति महामहिम इस्माइल ओमार गुलेह, तान्जानियाका राष्ट्रपति महामहिम सामिया सुलुहु हसन पनि उपस्थित थिए।

कार्यक्रमको सुरुमा राष्ट्रिय गान बजाइएको थियो र त्यसपछि ‘ग्रीन कतार’ नामक लघु चलचित्र देखाइएको थियो ।

प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री महामहिम शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले सम्बोधन गर्दै कतारले एक्स्पो २०२३ दोहा बागवानी प्रदर्शनीको आयोजना गरेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा दिगो विकासका लागि आफ्नो प्रतिबद्धताप्रति प्रतिबद्ध रहेको बताए ।

नेपालसहित जम्मा ८८ राष्ट्रको सहभागिता रहने कार्यक्रम अवधिभर विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।

 

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस