२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

एनसीसी कतारद्वारा समस्यामा परेकी नेपाली चेलीको उद्वारर

दोहा– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले समस्यामा परेकी १ जना नेपाली चेलीलाई घर फिर्ता गर्न सफल भएको छ ।

“नेपाली श्रमिकको निरन्तर उद्दार,राहत,सहयोग लगायत हक-हितको पक्षमा सकृयताका साथ जुटेको ” एनसीसी कतारले रामेछाप जिल्लाकी चेली दुर्गा मायाँ बस्नेतलाई घर फिर्ता गर्न सफल भएको एनआरएनए  कतारका द्वितीय उपाध्यक्ष केशव कार्कीले जानकारी दिएका छन ।

सप्तकोसी म्यानपावर बाट रोजगारीको शिलशिलामा २ महिना अगाडी “बेट अल्करम हस्पिटलिटि एन्ड क्लिनिङ सर्भिस कम्पनी” मा आएकी थिइन् । आफुलाई कहिले प्राइभेट घरमा काम गर्न पठाउने, त कहिले अन्य कम्पनीमा,तलबको कुरा गर्दा उल्टै थर्काउने गरेको पीडित बस्नेतले बताइन् ।

२ महिनामा जम्मा खानलाई भनेर २०० कतारी रियाल मात्रै दिएको थियो, खान समस्या भएपछी आफू आएको म्यानपावरलाई बुझ्दा उल्टै धम्की दिने गर्छ,नेपाल फिर्ताको लागि टिकटको कुरागर्दा ” म बाट एक रुपैया फर्किने वाला छैन,जे गर्नसक्छौ गर भन्ने गरेको पीडितले गुनासो गरिन ।

यहि विषयमा केहीदिन अगाडि सामाजिक अभियान्ता सामुयल सुनुवारले एनसिसि कतारलाई जानकारी गराएका थिए । सोहि जानकारि अनुसार द्वितीय उपाध्यक्ष कार्की सहित  युवा संयोजक टोकन लामाको पहलमा ८ जनवरी २०२४ को दिन यहाँको  कानुन अनुसार आवश्यक प्रक्रिया र टिकटको समेत ब्यावस्था गरि नेपाल पठाउन सफल भएको एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले जानकारी गराए ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस