२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

लुम्बिनी प्रदेश कतारको अध्यक्षमा पुनः पाण्डे

एफएनजे कतार न्युज, दोहा । लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको अध्यक्षमा बुद्ध पाण्डे पुन निर्वाचित भएका छन । गत शुक्रबार १ अप्रेलका दिन कतारको अलदोसरी जु पार्क सहानियामा सम्पन्न लुम्बिनी प्रदेश समन्वय परिषद कतारको दोस्रो अधिवेशनले पाण्डेलाई २२–२४ को कार्यकालका लागी पुनः अध्यक्षमा निर्विरोध चयान गरेको हो ।

उक्त कार्यक्रममा संस्थाले सामाजिक कार्यहरूमा स्थापित संघसंस्थाहरु संग सहकार्य समन्वय गरी सामाजिक कार्यहरूमा बिभिन्न समयमा आर्थिक सहयोग गरेको र हाल संचालनको क्रममा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलमा १५ पिस ट्रली प्रदान गर्ने प्रक्रिया अगाडी बढेको जनाएको छ ।

हामी प्रदेशीको चाहना समृद्ध प्रदेश हाम्रो कामना” मुल नारका साथ कतारमा स्थापन भएको संस्थाको अध्यक्ष बुद्ध पान्डेको सभापतित्वमा परिषद्का प्रमुख सल्लाहकार कमलमणी गुराँगाईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम कतारमा स्थापित विभिन्न वैचारिक, तथा सामाजिक संघ संस्थाका प्रमुख, प्रतिनिधिहरुको उपस्थिति सहित शुभकामना मन्तव्य राखेका थिए ।

यस्तो छ नयाँ कार्यसमिती

पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ जसमा बरिष्ठ उपाध्यक्ष डिल्लीराम भट्टराई, उपाध्यक्ष अख्तर हुसेन, महिला उपाध्यक्ष मनीषा खड्का, महासचिव टेकराज थापा, सचिवमा सजन लौडारी र विकास गैरे, कोषाध्यक्ष देवराज पुन, सह कोषाध्यक्ष केशर बहादुर खत्री रहेका छन भने सदस्यहरूमा झविन्द्र आचार्य, लक्ष्मण पौडेल, विवश बेल्वासे, छविलाल परियार, नेत्र आचार्य, कृष्ण पन्थी, विश्वनाथ भट्टराई, बलराम जैसी र समुन्द्र खड्का निर्वाचित भएका छन् । उक्त अधिबेशनले अनुशासन संयोजक बलदेव रानाको संयोजकत्वमा दुई सदस्यहरु कृष्ण शाह र बशन्तराज पुरी चयन भएका छन ।

प्रदेश अन्तरर्गत रहेका सबै जिल्ला संस्था, २०१८ देखि २०२२ कार्यकालका परिषद सदस्यहरुलाई प्रमाण पत्र पदाधिकारी तथा विभिन्न समयमा सहयोग गर्ने संघ संस्था ब्याक्तित्वहरु पत्रकार कलाकारहरू लाई सम्मान प्रदान गरिएको थियो ।

मनोरञ्जनले तात्यो अल दोसरी

कार्यक्रममा कतारमा स्थपित कलाकारहरुले उपस्थीतहरुलाई आफ्नो नृत्य प्रस्तुतीले मनोरञ्जन समेत गराएका थिए ।
जसमा स्वागत नृत्य बाल कलाकार शिभान्सी कुवंर प्रस्तुत गरेकी थिइन भने नेपाली हामी रौउला नेपाल नरहे भन्ने गितमा सन्ध्या अर्याल, जिया हमाल, क्रिजल पन्थी,डाँफे झै हिमाल हास्ने नेपालकी शान्ति वली लगायतले नृत्य प्रस्तुत गरेका थिए ।
त्यसैगरी विकास सुनुवार, आयुस कुमाकी, दीपेन्द्र सुनुवार, मानसिंह परियार, सुरेश बिसी, विजय राज भट्टराई लगायतले आफ्नो गायन मार्फत उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।

२०१८ देखि २०२२ कार्यकालकालको संस्थाको  आम्दनी/खर्च विवरण 

संस्थाको कार्यकालमा आम्दानी २७ हजार ५ सय १९ रियाल थियो भने विभिन्न समयमा ७ हजार ८ सय ३० रियाल खर्च १९ हजार ६ सय ८९ रियाल बचत गरेको विवरण सह कोषाध्यक्ष देवराज पुनले कार्यक्रममा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा परिषद्का वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार परियारले स्वागत मन्तव्य राखेका थिए भने सहजीकरण महासचिव डिल्लीराम भट्टराईले गरेका थिए ।
निर्वाचन संयोजक कमलमणी गुराँगाइको सयोजकत्वमा दुई सदस्य केवि हमाल इन्जिनियर अर्जुन प्रसाद भट्टराई रहेका थिए भने निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस