कतार — सुदूरपश्चिमेली नेपाली समाज कतारको सातौँ अधिवेशन कतारको सिलौटो थकाली रेस्टुरेन्टमा भव्य रूपमा सम्पन्न भएको छ।
महाधिवेशनले कैलाली निवासी रबिन्द्र सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

त्यसैगरी सचिवमा धनी कोली, कोषाध्यक्षमा राजेन्द्र कार्की, सह-कोषाध्यक्षमा गणेश एस भाट, सेती संयोजकमा नेत्र साउद, महाकाली संयोजकमा जगदीश बिष्ट र कलाकार संयोजकमा प्रकाश साउद सर्वसहमतिले चयन हुनुभएको छ। कार्यसमिति सदस्यहरूमा पंकज बहादुर कडायत, प्रकाश सिंह ठगुन्ना, भुवन खड्का, मेखराज अवस्थी, दिनेश बहादुर चन्द, पुष्प नेपाली, निर्मला कुमारी साउद, राधा जोशी, रमेश बि के, करण बहादुर धराला, प्रेमबहादुर खड्का, चन्द्र सिंह ठगुन्ना र रमेश महरा,करन. महतरा. पुष्पा. राम ब माल
रहनुभएको छ। नवगठित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि प्रेम चलाउनेले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो।
संस्थाका अध्यक्ष गोरख चन्द ठकुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका अगुवा प्रमुख अतिथि प्रेम चलाउने , लगायत प्रेमानन्द भट्ट, पूर्व महासचिव रत्न बहादुर माल लगायतका सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा देशमा परेको प्राकृतिक विपत्ति, बाढीपीडित तथा शहीदहरूको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो।
कलाकार पुष्पा नेपाली र कमल विश्वकर्माको स्वागत नृत्यसँगै अगाडि बढेको कार्यक्रममा उपस्थित अतिथिहरूले संस्थाको विगतका सामाजिक योगदानहरूको उच्च मूल्यांकन गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। अधिवेशनको अवसरमा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएका थिए। कलाकार संयोजक प्रकाश साउद, रमेश महरा लगायतका कलाकारहरूले सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने देउडा लगायतका गीत र नृत्य प्रस्तुत गरेर हललाई संगीतमय बनाएका थिए।कार्यक्रमको सहजीकरण धनी कोलीले गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गोरख चन्द ठकुरीले संस्थाको ऐतिहासिक यात्रा र वर्तमान अवस्थाबारे प्रकाश पार्नुभएको थियो। उहाँले सन् २०१५ मा मात्र ७-८ जनाको सानो समूहबाट सुरु भएको यस समाजले आज विशाल रूप लिएको बताउँदै संस्थालाई यो उचाइसम्म पुर्याउन योगदान दिने सम्पूर्ण अग्रज, सदस्य तथा शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै देशमा परेको प्राकृतिक विपत्ति र असहज परिस्थितिलाई मध्यनजर गर्दै यस पटकको महाधिवेशनलाई भव्यताभन्दा पनि संक्षिप्त र आन्तरिक स्वरूपमा सम्पन्न गर्नुपरेको जानकारी दिँदै भविष्यमा पनि सामाजिक उत्तरदायित्वका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि प्रेम चलाउनेले समाजले स्थापनाकालदेखि नै प्रवासमा रहेका नेपालीहरूको सुख-दुःखमा साथ दिँदै आएको स्मरण गराउनुभयो। उहाँले सामाजिक सेवाको यो यात्रामा सबैको हातेमालोले नै प्रवासी नेपालीहरूको हकहित र पहिचानलाई अझ सशक्त बनाउने धारणा राख्नुभयो। सन् २०१५ मा स्थापना भएको यस समाजले कतारमा रहेका सुदूरपश्चिमका प्रवासी नेपालीहरूलाई गोलबद्ध गर्दै विविध सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।